शीर्ष नेताहरुको नाम लिएर अकुत सम्पत्ति आर्जन गर्ने कर अधिकृत अख्तियारको फन्दामा



 

भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत तथा हाल करदाता सेवा कार्यालय पाँचथर फिदिममा कार्यरत करअधिकृत मानप्रसाद वि.क. विरुद्ध गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै आरोप पत्र दायर गरिएको छ ।

उनले पदीय दुरुपयोग गरी गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवन यापन गरिरहेकोले उनीविरुद्ध कारवाही गरी पाउँ भनी आयोगमा उजुरी परेको थियो ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा उनले आफ्नो तथा श्रीमती आइतमाली वि.क. को नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्ति अस्वभाविक देखिएको छ ।

 

उनले मिति २०६८ असोज २२ मा नेपाल सरकारको राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा नियुक्ति प्राप्त गरेका थिए र नियुक्तिपूर्व २०६६ चैत १० देखि २०६८ असोज २१ सम्म राहत कोटामा श्रीकृष्ण मा.वि. रोल्पामा शिक्षकको रुपमा कार्यरत थिए ।

 

उनको तलबभत्ता¸ प्रोत्साहन भत्ता¸ श्रीमती आइतमाली वि.क. को पारिश्रमिक आय¸ जग्गा विक्री¸ व्यवसाय आय एवं कर्जा लगायतबाट उनले १ करोड २७ लाख ६६ हजार ९ सय ४५ आय आर्जन गरेको देखिन्छ । तर उनले सोही अवधिमा जग्गा खरिद¸ घर निर्माण¸ सवारी साधन खरिद¸ व्यवसायहरुमा लगानी¸ शैक्षिक खर्च¸ कर्जा चुक्ता एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात लगायतमा ३ करोड १० लाख ३४ हजार ७ सय २४ रुपैयाँ खर्च तथा लगानी गरेको देखियो ।  १ करोड ८२ लाख ६७ हजार ७ सय ७९ बराबरको सम्पत्तिको स्रोत नखुलेपछि विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

 

प्रज्ञापनपत्र काण्ड

एउटा प्रज्ञापनत्रमा २ वटा गाडी पास भएको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । भैरहवा भन्सार कार्यलयबाट चेकजाच गरी छुटेको ना ४ ख ४१२६ नम्बरको ट्रकको प्रज्ञापनपत्रमा ना ६ ख ५६३५ नम्बरको अर्को मालबाहक गाडी भन्सार चेकजाच गरी बाहिरी सकेको थियो ।

 

तर सोही प्रज्ञापनपत्रमा साउन २६ गते मा मनकामना इन्टरनेशनलको नाममा भैरहवा भन्सारबाट छाडिएको दसचक्के ट्रक शंका लागेपछि पुनः बाहिरबाट भन्सारमा लगी चेकजांच गर्दा ट्रकमा लाखौंको अवैध समान समेत भेटिएको छ ।

एजेन्ट कोड ४७५ ले भरेको प्रज्ञापनपत्र नम्बर एम ५६७८७ र एम ५६७९७ नम्बरको प्रज्ञापनपत्रमा पर्दाको कपडा १ हजार १७ मिटर र वुलन टप २ हजार २ सय ७० बण्डल देखिएको थियो । सो बापत ट्रकले ८ लाख ७ सय ४ रुपैया राजस्व पनि बुझाएको देखिन्छ ।

 

तर बुझ्दै जादा उक्त प्रज्ञापनपत्रमा ना ६ ख ५६३५ नम्बरको अर्को मालबाहक गाडी पास भइसकेको रहेछ । ना ४ ख ४१२६ नम्बरको ट्रक विना भन्सार बाहिरीएपछि भन्सारवृतमा हंगामा नै मच्चीएको छ । ना६ख ५६३५ नम्बरको ट्रकमा रहेको भन्सार राजस्व असुली गरि छोडेको ट्रकको प्रज्ञापन पत्रको नक्कल गरि अर्को ट्रक ना ४ ख ४१२६ पनि छोडिए पछि कुरा बाहिर आएको हो ।

 

कर्मचारी, एजेण्ट र प्रहरीको समेत मिलोमतोमा भैरहवा भन्सारबाट दैनिक लाखौंको राजस्व छलि हुने गरेको तथ्य बाहिर आएको हो । विहिवार राति भंसारको गेटबाट बाहिरिएको केहि क्षणमा ना ४ ख ४१२६ नम्बरको ट्रक पुनः नियन्त्रणमा आयो । मालबाहक सो ट्रक भन्सारकै कर्मचारीले नियन्त्रणमा लिएका थिए ।

 

उक्त ट्रक नक्कली प्रज्ञापनपत्रको आधारमा वाहिरिएको थाहा पाएपछि कार्यलयमै कार्यरत कर्मचारीले सो ट्रक फर्काएका थिए । बाहिरी सकेको ट्रक पुनः फर्काइएपछि भन्सारका कर्मचारी भित्र ठुलै हल्लीखल्ली नै मच्चियो ।

 

विसं २०७३/७४ मा उनी भैरहवा भन्सारमा नै रहँदा ‘साँघु साप्ताहिक’ ले पटक पटक भ्रष्टाचार र अनियमितताको भण्डाफोर पनि गरेको थियो । उनले तत्कालीन माओवादी केन्द्र र शीर्ष नेताहरुको नाम लिएर पनि अकुत सम्पत्ति आर्जन गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेले कीर्तिपुरको मेयर र दुई वडाध्यक्षमा दियो उम्मेदवारी

    कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता

जिसस कैलाली प्रमुखमा एमालेले कांग्रेसलाई सहयोग गर्ने

     जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको

आजदेखि निर्वाचन आचारसंहिता लागू

    आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ

रुकुम पश्चिममा बस दुर्घटना, ९ जना घाइते

    काठमाडौंबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना