उपचारको क्रममा रेखा थापाको मृत्यु



हाम्रो इकोनोमि

 

सेती अञ्चल अस्पताल धनगढीमा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी २२ वर्षीया रेखा थापाको बिहीबार मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

 

सुत्केरी व्यथा लागेकी रेखाको उपचारका क्रममा मृत्यु भएको हो । व्यथा लागेपछि चैत ४ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । शल्यक्रिया गरेकी उनको पेट सुन्निएपछि मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् ।

 

पेट सुन्निने समस्या देखिएपछि डाक्टरले ग्यास्टिकको उपचार गरेका थिए । तर बिरामी कम नभएपछि उनलाई थप उपचारको लागि कोहलपुर रेफर गरिएको थियो तर, बाटोमै मृत्यु भयो । मृत्यु भएपछि शव आफन्तले बुझ्न मानेका छैनन् । डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ ।

 

मृतकका आफन्तले लापरबाही गर्ने डाक्टरलाई कारबाही गरिनुपर्ने माग राख्दै बिहानैदेखि अस्पताल परिसरमा नाराबाजी गरेका छन् । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको कैलालीका प्रहरी प्रमुख आभुषण तिम्सिनाले बताउनुभयो । अहिले मृतकका आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...