‘मनाङेका केटा हौं’ भन्दै गायिकामाथि प्रहरीकै सामुन्ने सांघातिक हमला !



हाम्रो इकोनोमि

 

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिर नजिकै गायिक मनु नेम्वाङ्गमाथि एउटा समुहले सांघातिक हमला गरेको छ ।  बुधवार साँझ ५ बजेतिर होली खेल्दै आएका युवाहरुको समुहले गायिका नेम्वाङ्गलाई ‘हामी मनाङे ग्रुपका हौं’ भन्दै घाँटी न्याकेर हमला गरेको सुनाकोठी बस्दै आएकी कलाकार निशा शर्माले रातोपाटीलाई जानकारी दिइन् ।

 

बुधवार बालकुमारी मन्दिरको कम्पाउण्ड भित्र पिकनिक गएकी नेम्वाङ्गलाई शौचालय गएको अवस्थामा एक युवाले दुव्र्यवहार गरेका थिए । दुव्र्यवहार गरेपछि मनुले प्रहरीलाई खबर गरिन्, ‘तर एकैछिनमा आएका एकहुल युवाहरुले उनलाई प्रहरीकै सामुन्ने कुटपिट गरेर फरार भएको बताइएको छ ।’

 

सिः बहाल बाट गएका तीनजना प्रहरीले सामान्य रुपमा छुट्याउने प्रयास मात्रै गरको तर आक्रमणकारीहरुलाई पक्राउ गर्न तदारुकता नदेखाएको प्रत्यक्षदर्शीहरु बताउँछन् । आक्रमणमा संलग्न युवाहरु १५ जनाको संख्यामा सहभागी थिए ।

 

अधिकांश नेवार समुदायका आक्रमणकारीहरुले गायिका नेम्वाङ्गलाई पुलिस केस गरेमा ‘राम्रो नहुने’ धम्की दिएका थिए ।
घट्नाबारे आफुलाई शुक्रवार मात्रै जानकारी आएको उल्लेख गर्दै महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) रविन्द्र धानुकले भने, ‘पीडितबाट जाहेरी लिएर अनुसन्धान गर्छौं ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...