काठमाडौंको बेलिज क्यासिनोमा प्रतिबन्धित नोटको कारोबार



हाम्रो इकोनोमि

 

काठमाडौंको मल्ल होटलमा रहेको बेलिज क्यासिनोमा प्रतिबन्धित भारतीय ५ सय र हजारका नोटको कारोबार हुने गरेको खुलेको छ । नेपालीबाहेक विदेशीलाई मात्र प्रवेश अनुमति रहेको क्यासिनोमा प्रतिबन्ध भएका नोट लिएरै क्यासिनो क्वाइन दिइने गरिएको छ । त्यहाँ खेल्न पुगेका एक भारतीय नागरिकले भने,‘नेपालमा ५ सय र हजारका नोट क्यासिनोमा चल्छ, मैले खेलेर आएँ ।’

 

काठमाडौंमा रहेका क्यासिनोमा अधिकांश भारतीय जुवाडे आउने गरेका छन् । तर, नेपाल राष्ट्र बैंकले समेत प्रतिबन्ध गरेको नोटको कारोबार त्यहाँ रेकीमा बस्ने सुरक्षाकर्मीसँगको सेटिङमा हुने गरेको स्रोतले बतायो । नेपाल राष्ट्र बैंकले त नेपालमा एक सय रूपैंया भारु बाहेक भारतमै चल्तीमा ल्याएको २ हजारको नोट पनि नेपालमा प्रतिबन्ध लगाएको थियो ।

 

रिजर्भ बैंक अफ इन्डियाले ५ सय र २ हजार भारु नेपालमा खुला भएको घोषणा नगरेसम्म नेपालभर प्रतिबन्ध लगाउने निर्णय राष्ट्र बैंकले गरेको थियो । आरबीआईले सूचना प्रकाशित गरेपछि मात्र नयाँ भारु नोट नेपालमा चलाउने राष्ट्र बैंकले जनाउँदै आएको छ ।

 

अहिले भारतमै पनि चुनावी सरगर्मी बढेका कारण २ हजारको नोटमा समेत प्रतिबन्धको तयारी भएको छ । यस्तो बेला नेपालको क्यासिनोमा भने यस्ता नोटको कारोबार लाखौंका क्वाइन खरिदविक्रि गरी खेल हुने गरेको छ । भारतले कालोधन र जाली नोट नियन्त्रण गर्न भन्दै १ हजार र ५ सय भारु नोटमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...