नेपालमा आयो बिल्कुलै नयाँ प्रबिधि : अब खेतबारी जोत्न गोरुलाई दुख दिनु नपर्ने, बारी जोत्ने ट्याक्टर नेपालमा आइपुग्यो



हाम्रो इकोनोमि

 

 

गोरु महँगो हुन थालेपछि कृषकहरूले खेतबारी जोत्न ट्याक्टर किन्न थालेका छन् । विदुर नगरपालिका ३ माझगाउँका ३८ वर्षीय श्रीकृष्ण अधिकारी खेत बाँझो रहन थालेपछि गोरुको सट्टा मिनी टिलर (सानो ट्याक्टर) किनेका छन् ।

‘खेत बाँझो रह्यो,’ उनले भने, ‘गाउँमा गोरु पाउनै मुस्किल पर्‍यो ।’ उनको २३ रोपनीखेतमध्ये ४ रोपनीमा आलु, तोरी र जैघाँस लगाएका छन् । १९ रोपनी खेत बाँझै छ । चैत–वैशाखमा मात्रै मकै र त्यसपछि धानखेती गर्दै आएको उनले बताए ।

‘दिनभरि एक हल गोरुले १ रोपनी खेत जोत्छ,’ उनले भने, ‘एक हल गोरुको एक दिनको ज्याला २ हजार ५ सय रुपैयाँ पर्छ ।’ टोलभरिमा जम्मा ३ हल गोरुमात्र भएकाले पालो पर्खनुपर्ने उनले बताए । ‘ट्याक्टर भएपछि जुन बेला पनि जोतेर बाली लगाउन पाइयो,’ उनले भने । त्यसैगरी कल्याणपुर भेडीस्वाँराका ५५ वर्षीय टेकबहादुर सिन्टुङ मगरको १३ रोपनी जग्गा छ ।

उनले केही वर्ष अघि गोरु पालेर खेतीपाती गर्थे । अहिले उनले गोरु पाल्न छाडे । छिमेकको गोरु ल्याएर खेती गर्दै आएको उनले बताए । उनले ४ रोपनीमा साग, काउली खेती गरेका छन् । ५ रोपनी खेत र ८ रोपनी पाखोबारी छ । उनको ९ रोपनी जग्गा बाँझो छ ।’ उनको ठाउँमा एक हल गोरुले जोतेबापत १५ सय रुपैयाँ ज्याला तिर्नुपर्छ ।

‘ट्याक्टर भए बिहान–बेलुका जतिखेर चलाएर जोते पनि भयो,’ उनले हाँस्दै भने । उनी विनपा १३ का स्थानीय कृषक हुन् । उनी लगायत २६ जना कृषकलाई विदुर नगरपालिका कृषि शाखाले मिनी टेलर (सानो ट्याक्टर) वितरण गरेको छ । उनीहरूलाई विनपाले ५० प्रतिशत अनुदान छुटमा प्रदान गरेको हो ।

त्यसैगरी १५ जना कृषकलाई मकै छोडाउने मेसिन ५० प्रतिशत अनुदान छुटमा दिएको छ । उनीहरूलाई विनपा प्रमुख सन्जु पण्डित, उपप्रमुख गीता दाहाल अर्याल र प्रशासकीय अधिकृत सुदेव पोखरेलले ट्याक्टर हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...

गगन थापाको नेतृत्वमा पार्टी बलियो भयो : विश्वप्रकाश शर्मा

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको...

जगन्नाथलाई संसदीय दलको नेताबाट हटाउन १८ सांसदको हस्ताक्षर (सूचीसहित)

  नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्र आन्तरिक कलह चर्किएसँगै दलका नेता जगन्नाथ...

जोखिमयुक्त बस्तीका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्न चाँगुनारायण नगरप्रमुख खत्रीको अपिल

    मनसुन सक्रिय भइरहेका बेला भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै...