आँपको पात बनाएर खान जान्नुभयो भने मधुमेह, प्रेसर देखि क्यान्सरसम्म चैट



हाम्रो इकोनोमि

 

हामी सबैलाई थाहा छ आँप फलहरुको राजा हो । आँप मन नपर्ने मानिस कमै हुन्छन् । आँपमा पौष्टिक तत्व पाईने हुनाले यसको नियमित प्रयोग स्वास्थ्यको लागि धेरै नै राम्रो हुन्छ ।

बच्चाहरु मात्र नभई सबै उमेरका मानिसहरुले आँप खानमा रुची राख्दछन् । यो त थियो फलको कुरा । धेरैजसो मानिसलाई आँपको पात र यसको औषधिय गुणबारे थाहा छ ।

आँपको पात अरु फलफूलको पात जस्तै देखिन्छ । पहिला यसको पात रातो रङ्गको हुन्छ , र बढ्दै गएपछि हरियो रङ्गको हुने गर्दछ ।

आँपको पातमा पाईने गुणहरुस् आँपको पातमा भिटामिन ए, बी, सी जस्ता पौष्टिक तत्व प्रचुर मात्रामा पाईन्छ । साथै यसमा फ्लेभोनोइड र फेनोल जस्ता तत्वहरु पाईन्छ । र यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ ।

त्यसैले आँपको पात रोगको उपचारको लागि प्रयोग गर्न सकिन्छ । र यसले मानव शरीरमा राम्रो प्रभाव पार्दछ । यसले निम्न ७ रोगहरुबाट बचाउँदछ ।

मधुमेह : आँपको पातमा एन्थोक्यानिडिन्स पाईन्छ । जस्ले मधुमेह रोगको पहिलो चरणमा नै निको पार्न मद्धत गर्दछ ।

यसलाई निको पार्नको लागि निम्न विधि अपनाउन सकिन्छ । स् विधि स् १० आँपको पातको प्रयोग विधि धेरै नै सजिलो छ । सबैभन्दा पहिला यस पातलाई सुकाएर सुख्खा बनाउनुहोस् ।

२० त्यसपछि यसलाई स–सानो टुक्रामा काटि पिसेर धुलो बनाउनुहोस् । यसको प्रयोगले मधुमेह रोगलाई पहिलो अवस्थामै निको पार्न मद्धत गर्दछ ।

डाइबेटिक एन्जिओपेथी : रक्तनलीहरुको कुनैपनि रोग – र रेटिनोपेथी – आँखाको रेटिनामा हुने रोग – मधुमेहसँग सम्बिन्धित समस्याहरु हुन् । यसलाई पनि आँपको पातको प्रयोग गरी निको पार्न सकिन्छ । यसको लागि निम्न विधि अपनाउन सक्नुहुन्छ । विधि

  • राति सुत्नुअघि एउटा कपमा पानी राख्नुहोस् ।
  • त्यसपछि आँपको पातलाई त्यस पानीमा हाली रातभरि त्यसै छोड्नुहोस् ।
  • यस पानीलाई छानेर बिहान पिउनुहोस् ।

यसले तपाइँको मधुमेहसम्बन्धि समस्याहरु बाट छुट्कारा दिलाउँछ । छट्पटी स् छट्पटीको समस्या उत्सुकताको कारणले हुने गर्दछ ।

यस्तो अवस्थामा हामीले समस्याको समाधानको उपाय पाउन सकिरहेका हुदैनौं । र यो समस्या झनझन गहिरो हुने गर्दछ ।

र यस समस्याको समाधानको लागि आँपको पातको पानीले नुहाउन सक्नुहुन्छ । यसले शरीरलाई स्फुर्ति प्रदान गरी छट्पटको समस्यालाई हटाउँदछ ।

रक्तचाप : आँपको पातमा हाइपोटेन्सिभ गुण हुन्छ । जसले रक्तचापलाई घटाउन मद्धत गर्दछ ।

यस गुणले गर्दा रक्तनलीहरु पनि बलियो हुने हुन्छ । स्वासप्रश्वास सम्बन्धि समस्या स् चिसो लाग्नु, दम, खोकी , र अरु थुप्रै श्वासप्रश्वास सम्बन्धि समस्याहरु हटाउनको लागि आँपको पात लाभदायक हुन्छ ।

एउटा भाँडोमा पानी हालेर आँपको पात र थोरै महलाई मिसाई उमाल्नुहोस् । यसको प्रयोगबाट खोकी र स्वर सुक्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ । आउँस् सुख्खा आँपको पातलाई धुलो बनाई पानीसँग खानुहोस् । यसको प्रयोग दिनको ३ पटक गर्नुहोस् ।

यसले आउँलाई रोक्दछ । पोल्नु स् आँपको पातलाई बालेर खरानी बनाउनुहोस् । र यस खरानीलाई छालामा पोलेको ठाउँमा लगाउनुहोस् ।

यसले पोलेको दुखाईबाट आराम दिलाउँदछ । कान दुख्नु स् कान दुख्ने समस्याको लागि आँपको पातको प्रयोग सजिलो तरिकाबाट गर्न सकिन्छ ।

सबैभन्दा पहिला आँपको पातको जुस बनाउनुहोस् । त्यसपछि एक चम्चा जुसलाई थोरै तताउनुहोस् । र चिसो भएपछि १ –२ थोपा कानमा राख्नुहोस् । यसबाट कान दुख्ने समस्याबाट छुट्कारा मिल्दछ ।

प्रतिक्रिया दिनुहोस
दोस्रो चरणको चुनाव हुदै रास्वपा महाधिवेशनमा

    रास्वपाको जारी महाधिवेशन ९९ केन्द्रीय सदस्य चयन गर्नको लागि निर्वाचन सकिएलगत्तै...

भेनेजुएलामा शक्तिशाली भूकम्प, १० हजार बढीको मृत्युको आशंका

    राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौँ...

९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...