११ बर्षीय बहिनीको आफ्नै दाजुबाट बलात्कारपछि हत्या



हाम्रो इकोनोमि

 

 

कोठामा मृत फेला परेकी सप्तरीको खड्ग नगरपालिका–९ की ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। बलात्कारपछि अरूले घटना थाहा नपाउन भनेर हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको सप्तरी प्रहरीले जनाएको छ।

बलात्कारपछि बालिकाको हत्या गर्ने अरू कोही नभएर उनकै दाजु हुन्। बलात्कारपछि मारिएकी बालिका अभियुक्तका सहोदर काकाकी छोरी हुन्।

घटनाअनुसार टाउको दुखेर बिरामी बालिका आफ्नै कोठामा सुतेकी थिइन्। घरमा कोही नभएका बेला कोठामा प्रवेश गरेका १८ बर्से राजदेव मण्डलले टाउको सुम्सुम्याउँदै मुख थुनेर ०७४ माघ २५ गते साँझ कुकृत्य गरे। उनी घरमा प्रवेश गरेको र घरबाट निस्केको छिमेकीहरूले देखे पनि घरपरिवारकै मानिसमाथि कसैले शंका गरेनन्। मुख थुनेर बलात्कार गरेपछि रुन थालेकी बालिकाको आवाज अरूले नसुनुन् भनेर पीडितकै कुर्ताको तुनाले घाँटीमा कसेर हत्या गरेको इन्स्पेक्टर हरिविष्णु ढकालले बताए।

बालिकाको मृत्युबारे थाहा पाएको घरपरिवारले सुरुमा सत्य लुकाउन नखोजेका होइनन्। ‘सुरुमा कालगतिले मृत्यु भएको भनियो’, इन्स्पेक्टर ढकालले भने, ‘तर बालिकाको शव भोलिपल्ट पोस्टमार्टम गर्न लहान पु¥याउँदा चिकित्सकले परीक्षण गर्दै बलात्कारको संकेत गरेपछि सुक्ष्म अनुसन्धान गर्‍यौं।’ शवको पोस्टमार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भयो। ‘आरोपित समेत सँगै हुन्थे। घर, अस्पताल, प्रहरी कार्यालय सबै ठाउँमा मृतकको परिवारसँग आउने गरेका उनको हाउभाउ र व्यवहारले शंका लागि केरकार गर्दा वास्तविकता पत्ता लाग्यो’, इन्स्पेक्टर ढकालले भने, ‘प्रहरीको सुक्ष्म छानबिनले घटना पत्ता लाग्यो र इलाका प्रहरी कार्यालय कल्याणपुरले ०७४ माघ २८ गते आरोपितलाई पक्राउ गर्‍यो।’

हाडनाता करणी र कर्तव्य ज्यान मुद्दाका कसुरदार राजदेवलाई जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले ०७४ फागुन २५ गते पूर्पक्षका लागि राजविराज कारागारमा हिरासतमा छन्। अदालतले ०७५ चैत ४ गते कर्तव्य ज्यान कसूरमा उनलाई जन्मकैद, बलात्कार कसूरमा १० वर्ष र हाडनाता करणी कसूरमा २ वर्ष कैद हुने फैसला गरेको छ। सप्तरी जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार बर्देवाका अनुसार विभिन्न कसूरका आधारमा जन्मकैद, १० वर्ष र दुई वर्ष कैद तोकिए पनि अभियुक्तले सबैभन्दा बढी हुने जन्मकैदको सजाय भोग्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...