पढ्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि पढ्न मन नै नलाग्ने : यस्तो छ यो समस्याको समाधान



हाम्रो इकोनोमि

 

पढ्नु पर्छ भन्ने थाहा हुँदा हुँदै पनि पढ्नै मन नलाग्ने समस्या धेरैको हुन्छ । भोलि पढ्छु भन्दाभन्दै परिक्षा आइसकेको हुन्छ ।

यस्तो समस्या धेरैमा हुन्छ । कोहि विद्यार्थीहरु लामो समय पढ्ने सक्दैनन् । कतिपयलाई त किताव नै छुन मन लाग्दैन ।

पढाइ भनेपछि गर्नु नपरे हुन्थ्यो भन्नेहरु धेरै छन् । तपाईंमा पनि यस्तो समस्या छ भने चिन्ता नगर्नुहोस्, यो समस्याको सजिलो समाधान छ ।

  • फ्रेस भएर पढ्न सुरु गर्नुहोस् । सुरुमा आफुलाई सजिलो लाग्ने वा रमाइलो लाग्ने विषय पढ्नुहोस् । सकेसम्म बेलुका वा राती नपढ़नुहोस् ।
  • विहान उठेर पढ्ने बानी गर्नुहोस् । दिनमा थोरै पढ्नुहोस् तर नियमित पढ्नुहोस् । यसले पढ्न मन नलाग्ने समस्या टाढा गर्न मद्धत गर्छ ।
  • परीक्षाको तालिका बनाउनुहोस् । यति दिनमा यतिवटा पाठ सक्छु भन्ने रुटिन बनाउनुहोस् र पढ्न थाल्नुहोस् । यसले तपाईंलाई पढ्न उर्जा दिन्छ ।
  • अरु काम बेलुका, दिउँसो र राती गरेपनि पढ्ने काम विहान गर्नुहोस् । पढ्नुअघि टन्न पानी खानुहोस् ।
  • पढ्दा यसरी वा त्यसरी भन्दापनि आफुलाई सजिलो लाग्ने विधि अपनाउनुहोस् । तर सुतेर नपढ़नुहोस् । यसले स्वास्थ्यमा पनि असर गर्छ भने पढेको दिमागमा पनि घुस्दैन ।
  • सम्भव छ भने कुनै पनि कुरा पढ्दा चुइगम चपाउने गर्नुहोस् । यसले तपाईंलाई अल्छी बन्न नदिने र छिटो दिमागमा पढेको कुरा घुसाउन मद्धत गर्छ ।
  • पढाइ राम्रो गरेको खण्डमा दैनिक तालिका पनि राम्रो हुन्छ र परीक्षाको बेलामा पनि तनाव हुँदैन भन्ने कुरा मनमा राख्नुहोस् ।
  • पढ्न बस्दा मोबाइल फोन टाढा राख्नुहोस् । पढ्नुअघि फेसबुकमा फोटो वा स्ट्याटस नराख्नुहोस् ।
  • केहि दिन माथिका सवै विधि अपनाउनुहोस् तपाईंलाई आफैं पढ्न मन लाग्न सुरु हुन्छ । त्यसपछि पढाइ राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...