प्रदेश ५ को सरकारी सरकारी मेडिकलेजको प्रधानमन्त्रीलबाट शिलान्यास



हाम्रो इकोनोमि

 

सरकारले एक प्रदेश एक सरकारी मेडिकलेजको अवधारणा कार्यान्वयनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा अोलीले यही अवधारणा अन्तर्गतको सरकारी मेडिकल कलेजको शुक्रबार रूपन्देहीमा शिलान्यास गर्दैछन । प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारी मेडिकल कलेजका लागि स्थापना भएको आयोजना कार्यालयको उद्घाटन र मेडिकल कलेज निर्माणस्थलको शुक्रबार ओलीले शिलान्यास गर्दैछन् ।

 

तिलोत्तमा नगरपालिका वडा नंं १ नयाँमिलदेखि ५ सय मिटर पूर्व प्यारामाउन्ट टोलमा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको छ । योजना अनुसार मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजको रुपमा स्थापना हुने छ । त्यसका लागि करिब १० अर्ब खर्च हुने पूर्वानुमान गरिएको छ ।

 

डिपिआर लगत्तै २ सय बिगाहा क्षेत्रफलमा तत्काल २ वटा ठूला–ठूला भवन बन्ने छन् । उद्घाटन र शिलान्यास समारोहमा उपस्थित भैदिन भन्दै शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नाममा निमन्त्रणा बाँडिएको छ ।

 

यसअघि गत फागुन ३ गते बसेको मन्त्रिपरिषद बैठकले प्रदेश ५ को रुपन्देहीको तिलोत्तमा, प्रदेश २ को महोत्तरीको बर्दिबास र कर्णाली प्रदेशको सुर्खेतमा सरकारी मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत गरेको थियो ।

 

कम्तीमा तीन सय शैयाको अस्पताल बनाएर तीन वर्षसम्म संचालन गरेपछि मात्र मेडिकल कलेजले एमबीबीएस तहका विद्यार्थी भर्ना गर्न पाउने प्रावधान अहिले छ ।

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...