एसइई परीक्षामा ४ लाख ७५ हजार सहभागी हुदै



हाम्रो इकोनोमि

 

चैत १० गतेबाट संचालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन ।

मुलुक संघीयतामा गैसकेको अवस्थामा पहिलो पटक परीक्षा व्यवस्थापन, संचालन,अनुगमन उत्तरपुस्तिका खरिद लगायतसम्पूर्ण काम प्रदेश सरकारले गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशित गर्ने काम गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षा व्यवस्थापनको सम्पूर्ण काम प्रदेश सरकारले गर्ने स्पष्ट पारे ।

यो वर्षको लागि प्रदेश सरकारले तत्काल परीक्षाफल प्रकाशित गर्न नसक्ने भएपछि बोर्डले जिम्मा लिएको जानकारी दिए । परीक्षाको सबै तयारी पूरा भएको एसइइ बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्ष पुरक परीक्षा अन्तर्गत पुरानो कोर्ष अन्तर्गतका ५ हजार ८ सय ८३ र नयां कोर्ष अन्तरगत ९ हजार ५ सय ९१ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...