होली खेलेर जुटाएको पैसा क्रिकेट रङ्गशालालाई सहयोग



हाम्रो इकोनोमि

 

हास्य टेलिसिरियल भद्रगोल समूहले च्यारिटी होली खेलेर जुटाएको पैसा धुर्मुस–सुन्तली फाउन्डेशनलाई हस्तान्तरण गरेको छ ।

भद्रगोल समूह र जेष्ठ सहकारी संस्थाले संयुक्त रूपमा आयोजना गरेको च्यारिटी कार्यक्रममा एक लाख ५१ हजार ४४० रुपैयाँ उठेको र उक्त रकम सीताराम कट्टेल र कुञ्जना घिमिरेले चितवनमा बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि हस्तान्तरण गरिएको कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए ।

“यसपटकको होली हामीले च्यारिटी कार्यक्रम गरेर मनायौँ,” उनले भने, “आगामी दिनमा यस्तै रचनात्मक गतिविधि गरेर सक्रियता बढाउँछौँ ।”

भद्रगोल समूहले बेलाबखत यस्ता सिर्जनात्मक कार्य गर्दै आइरहेको छ ।

गतवर्ष पनि भद्रगोग समूहकै जिग्री पाँडे प्रतिष्ठानले सप्तरीमा तीन दृष्टिविहीन परिवारलाई आवास बनाइदिएको थियो ।

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...