वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठकाे स्वास्थ्य गम्भीर, मेडिसिटी अस्पतालमा भर्ना



हाम्रो इकोनोमि

 

वरिष्ठ पत्रकार एवम् कामना न्युज पव्लिकेशनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठकाे स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

पत्रकार श्रेष्ठ आइतबारदेखि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।

करिब चार महिनाअघि नाकमा समस्या देखिएका कारण राजधानीको वयोधामा नाक र त्यसलगत्तै ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो ।

उक्त शल्यक्रिया लगत्तै पत्रकार श्रेष्ठमा विभिन्न स्वास्थ्य समस्या देखापर्दै आएका थिए ।

त्यसपछि उनको नर्भिक र भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो ।

मेदान्त अस्पतालमा दुई महिना उपचार गराएर फर्किएका उनले नर्भिक अस्पतालमा फिजोयोथेरापी लगायतका विधिबाट उपचार गर्न गरिँदै आएको थियो ।

अहिले श्रेष्ठको स्वास्थ्य स्थिति जटिल र स्थिर अवस्थामा रहेको उपचारमा संलग्न चिकित्सकहरुको भनाई उदृत गर्दै कामना न्युज पब्लिकेशनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...