विप्लव माओवादीलाई लिएर नेपाली सेनाले दियो यस्तो डरलाग्यो बयान



हाम्रो इकोनोमि

 

पछिल्लो समय देशमा देखिएको राजनीतिक अशान्तिलाई लिएर सरकारले मुख खोलेको छ ।

नेपाली सेनाले नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)माथि लागेको प्रतिबन्ध र उसका गतिविधि नियन्त्रणमा बल प्रयोग घातक हुन सक्ने जनाएको छ ।

नेकपामाथि प्रतिबन्ध लगाउनुअघि नै सेनाले विप्लव समूहका असन्तुष्टिमाथि राजनीतिक तबरबाट समाधान खोज्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको हो ।

असन्तुष्ट समूहलाई दमन गरेर नियन्त्रणमा लिनेभन्दा अर्को बाटो नै उपयुक्त हुन्छ भन्ने सुझाव सरकारलाई दिएको स्रोतको दाबी छ ।

सिके राउतको विखण्डनकारी अजेन्डासमेत राजनीतिक रुपबाटै व्यवस्थापन भएको भन्दै नेपाली सेनाले विप्लव समूहलाई पनि सोही अनुसारको व्यवहार गर्नु उपयुक्त हुने जनाएको छ ।

‘विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लाग्नुअघि नै हामीले राजनीतिक मुद्दा राजनीतिक रुपबाटै समाधान हुनुपर्ने सुझाव दिएका छौं,’ उच्च सैनिक स्रोतले भन्यो, ‘२० वर्षे माओवादी द्वन्द्व र अन्य समूहका गतिविधि पनि राजनीतिक सम्झौतामै गएका टुंगिएको नजिरलाई पनि सेनाले स्मरण गराइसकेको छ।’

नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले पनि नेकपालाई शान्तिपूर्ण राजनीतिमा ल्याउन राजनीतिक तबरबाटै समाधान खोज्नुपर्ने पक्षमा सेना रहेको बताउनुभयो ।

‘राजनीतिक विषयलाई बल प्रयोगबाट भन्दा वार्ता र सहमतिमा टुंग्याउनुपर्छ, यो नै सबैभन्दा उपयुक्त विकल्प हो,’ उहाँले भन्नुभयो, ‘द्वन्द्व व्यवस्थापनसम्बन्धी विगतका नजिरले पनि असन्तुष्ट पक्षलाई वार्ता र सहमतिबाटै टुंगोमा पुर्याएको स्पष्ट छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २८ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउँदै उसका गतिविधिलाई नियन्त्रणमा लिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु दुई साताअघि फागुन १४ गते नै गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले उक्त समूहबाट हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रणमा संयुक्त सुरक्षा फौज तैनाथ गराउने निर्णय लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...