कांग्रेस जनसम्पर्क समितिको विज्ञप्ति– प्रचण्ड अपराधी र आतंककारी हुन्



 

पत्नी सीता दाहालको उपचारका लागि अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर पुगेका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा लगाउन नेपाली कांग्रेस अमेरिका जनसम्पर्क मञ्चले एक समिति गठन गरेको छ ।

 

मञ्चले बुधबार एक विज्ञप्ति जारी गर्दै उनको पत्नीको उपचार खर्च अमेरिकास्थित नेपाली दूतावासले व्यहोर्ने विषयमा पनि ध्यान आकर्षण भएको जनाउँदै नेपालीको कर र विप्रेषणको रकमको दुरुपयोग नगर्न चेतावनी दिएको छ । मञ्चले उक्त खर्चको पारदर्शीताका साथ हिसाबकिताब देखाउन माग पनि गरेको छ ।

 

‘वासिंङटन डिसी मेट्रो क्षेत्र (भर्जिनिया, डिसी र मेरिल्याण्ड)मा बसोवास गर्दै आइरहेका हाम्रो संयुक्त छलफलले हाल डिसी क्षेत्रमा रहेका प्रचण्डको सबैखाले सार्वजनिक कार्यक्रम बहिष्कार गर्ने र विगतमा उनको नेतृत्वमा भएको मानव अधिकार हनन् र हत्याबारे अमेरिका र अन्य अन्तर्राष्ट्रिय कानुनको ध्यानाकर्षण गराउन विरोध गर्ने निर्णय गरेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

 

प्रचण्ड सत्र हजार नेपालीको हत्याका जिम्मेवार कम्युनिष्ट पार्टी माओवादीका नाइके भएको भन्ने कडा शव्दमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘उनको नेतृत्वमा भएको मानव अधिकार हनन् र जघन्य प्रकृतिका घटनाहरूका कारण नेपालले दश वर्ष लामो हिंसा व्यहोरेको, निर्दोष नेपाली बालबालिकाहरू मारिए, हजारौं नेपाली अंगभंग भए र लाखौँ नेपाली विस्थापित भएका छन् ।

 

अध्यापनरत् शिक्षकहरूको अपहरण गरी पाशविक हत्या गर्ने, पत्रकार, व्यवसायी, कम्युनिष्ट विचारको समर्थन नगर्ने कांग्रेसजन तथा लोकतन्त्रवादीलाई समर्थन गर्ने र सर्वसाधारण नागरिकलाई समेत क्रुर रुपमा आक्रमण र हत्या गर्ने हत्यारा कम्युनिष्ट पार्टीका जिम्मेवार हुन् प्रचण्ड ।’

 

मञ्चले ‘सुरक्षाकर्मी, सरकारी कर्मचारीलाई क्रुर रुपमा हत्या गर्ने, बैंक लुटपाट र कब्जा गर्ने, सरकारी एवं सार्वजनिक संरचना ध्वस्त गर्नेलगायतका हिंसा र मानव अधिकारको जघन्य उल्लङ्घनकर्ता आतंककारी’को संज्ञा प्रचण्डलाई दिएको छ ।

 

विज्ञप्तिको पूरा विवरण यहाँ क्लिक गरी पढ्नुहोस् 

प्रतिक्रिया दिनुहोस
एमालेले कीर्तिपुरको मेयर र दुई वडाध्यक्षमा दियो उम्मेदवारी

    कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता

जिसस कैलाली प्रमुखमा एमालेले कांग्रेसलाई सहयोग गर्ने

     जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको

आजदेखि निर्वाचन आचारसंहिता लागू

    आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ

रुकुम पश्चिममा बस दुर्घटना, ९ जना घाइते

    काठमाडौंबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना