मधेस पस्यो विप्लव समूह



हाम्रो इकोनोमि

 

 

नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले पनि आफ्नो मधेस मिशन जारी राखेको जनाएको छ । केन्द्रीय राजनीति र सत्ताको जोड–घटाउ, पूर्वराजाको धार्मिक आस्था र कार्यक्रम, राजावादीहरूको अभियान तथा पृथकतावादी भनिएका तर मूलधारको राजनीतिमा आएका सीके राउतको समेत कार्यक्रम भइसकेको मधेसमा विप्लव समूहले पनि संगठन विस्तारलाई तिव्रता दिएको बताइन्छ ।

 

केही दिन अघि मात्र सिरहाका लहानमा राष्ट्रिय परिषद् वैठक गरी राउतले जनमत पार्टीको घोषणा गरेका थिए । त्यसको केही दिन अघि पूर्वराजा मधेस मिशनमा थिए । उनले पनि जनताबाट ठूलो सहानुभूति कमाए । उनले रौतहट, धनुषा, बारालगायतको जिल्ला दौड सकेका थिए । त्यसभन्दा पहिला सत्तारुढ नेकपाले रौतहटमा आम सभा गरेको थियो । कम्तिमा ५० हजार मानिस सहभागी भएको दाबी पनि गरियो ।

 

प्रतिबन्ध भए पनि नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले पनि मधेस मिशन सकेको जानकारी दिएको छ । उसले जनकपुर व्युरो गठन गरी नेता र संगठन विस्तार तथा परिचालनको काम सम्पन्न गरेको जनाएको छ ।

 

सो पार्टीका अनुसार संगठन सुदृढीकरण तथा विस्तार अभियानको दोस्रो संस्करण सम्पन्न भएको छ । ३ चैतमा मरिन गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको उसले जनाएको छ ।

 

अभियानका क्रममा ३६५ पार्टी र जनवर्गीय सङ्गठन निर्माण गरिएको जनाइएको छ । त्यस्तै ३५६ सदस्य रसिद वितरण गरिएको, ६५ ठाउँमा भित्तेलेखन भएको, २० हजार पर्चा वितरण गरिएको, पिँडीसभा २८६ स्थानमा गरिएको छ, ४ दर्जनभन्दा बढी पूर्णकालीन कार्यकर्ता बनाइएको पार्टीले जनाएको छ ।

 

अभियान टिमहरूलाई अभियान २ का जनकपुर ब्युरो कमान्डर पोलिटब्युरो सदस्य उमा भुजेलले सम्बोधन गरेकी थिइन् । ‘अब मधेसमा क्रान्तिकारीहरूको संगठन बलियो बनाउँदै यो सत्ताविरुद्धको अभियानलाई सक्रियताका साथ अघि बढाइनेछ’, विप्लव समूहका एक नेताले भने । जनकपुर, रौतहट, सर्लाही र सिन्धुलीलगायतका जिल्लामा अभियान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...