भारतीय राजनीतिमा अहिलेसम्मकै ठूलो भूईचालो, यस्तो अपराधमा मोदी लण्डनमा पक्राउ



हाम्रो इकोनोमि

 

भारतमा नरेन्द्र मोदीलाई केही सिमित व्यक्तिहरुको प्रधानमन्त्री बनेको आरोप विपक्षीले लगाउँदैं आएका छन् । मोदीमाथि यस्तो आरोप लाग्नुमा केही अर्बपतिहरुको हात रहेको दावी गर्ने गरिएको छ ।

 

मोदी सरकारमा रहँदा केही व्यापारिहरु फरार भएका छन जसले भारतको अर्थतन्त्रमा गम्भिर असर पार्न सक्छन् । यस्तै मध्यका एक पञ्जाव नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा भारतीय हिरा व्यापारी नीरव मोदी लण्डनबाट पक्राउ परेका छन् । मोदीलाई लण्डन प्रहरीले होल्बोर्न क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो ।

 

बुधबार वेस्टमिनिस्टर अदालतमा पेस गरिएकामा उनको धरौटी माग अस्वीकार गरिएको छ । उनलाई अब ९ दिन हिरासतमा राखिने छ भने अर्को सुनुवाई २९ मार्चमा हुनेछ । अब उनलाई लिन भारतीय अधिकारीहरु सुपुर्दगीसम्बन्धी कागजात लिएर अर्को साता लण्डन जानेछन् । यसअघी बिजय माल्या पनि पक्राउ परेका थिए ।

 

चुनावको पूर्वसन्ध्यामा भारतिय जनता पार्टीसँग साँठगाँठ रहेको आरोप लागेका यी अर्बपतिहरुको पक्राउले भारतिय राजनीतिमा ठूलो हलचल ल्याएको छ । यसले निर्वाचन नै प्रभाव पर्नसक्ने विश्लेषण गर्दै भारतिय सञ्चार माध्यमले भारतिय राजनीतिमा अहिलेसम्मकै ठूलो भूइचालो गएको बताउँदै आएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...