भारतीय राजनीतिमा अहिलेसम्मकै ठूलो भूईचालो, यस्तो अपराधमा मोदी लण्डनमा पक्राउ



हाम्रो इकोनोमि

 

भारतमा नरेन्द्र मोदीलाई केही सिमित व्यक्तिहरुको प्रधानमन्त्री बनेको आरोप विपक्षीले लगाउँदैं आएका छन् । मोदीमाथि यस्तो आरोप लाग्नुमा केही अर्बपतिहरुको हात रहेको दावी गर्ने गरिएको छ ।

 

मोदी सरकारमा रहँदा केही व्यापारिहरु फरार भएका छन जसले भारतको अर्थतन्त्रमा गम्भिर असर पार्न सक्छन् । यस्तै मध्यका एक पञ्जाव नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा भारतीय हिरा व्यापारी नीरव मोदी लण्डनबाट पक्राउ परेका छन् । मोदीलाई लण्डन प्रहरीले होल्बोर्न क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो ।

 

बुधबार वेस्टमिनिस्टर अदालतमा पेस गरिएकामा उनको धरौटी माग अस्वीकार गरिएको छ । उनलाई अब ९ दिन हिरासतमा राखिने छ भने अर्को सुनुवाई २९ मार्चमा हुनेछ । अब उनलाई लिन भारतीय अधिकारीहरु सुपुर्दगीसम्बन्धी कागजात लिएर अर्को साता लण्डन जानेछन् । यसअघी बिजय माल्या पनि पक्राउ परेका थिए ।

 

चुनावको पूर्वसन्ध्यामा भारतिय जनता पार्टीसँग साँठगाँठ रहेको आरोप लागेका यी अर्बपतिहरुको पक्राउले भारतिय राजनीतिमा ठूलो हलचल ल्याएको छ । यसले निर्वाचन नै प्रभाव पर्नसक्ने विश्लेषण गर्दै भारतिय सञ्चार माध्यमले भारतिय राजनीतिमा अहिलेसम्मकै ठूलो भूइचालो गएको बताउँदै आएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...