श्रीमती माईती गएको बेला पटक–पटक आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ



हाम्रो इकोनोमि

 

रुकुममा पटक–पटक आफ्नै छोरीलाई बलात्कार गर्ने ३४ वर्षीय बाबु पक्राउ परेका छन् ।

२ वर्ष देखि १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

बाबुले डर, त्रास, धम्की देखाई पटक पटक आफ्नै छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनले कसैलाई भनेमा आगो लगाएर मार्ने धम्कि दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।

पछिल्लो पटक उनले चैत्र १ गते छोरीलाई बलात्कार गरेको र आमाले दिएको निवेदनका आधारमा पक्राउ गरिएको बताएका छन् ।

श्रीमती माईतीमा गएको समयमा र विद्यालयबाट साथीको घरमा गएको बेला छोरीलाई जबरजस्ती समातेर घर लैजाने क्रममा बाटोमा पर्ने एक खाली गोठमा लिएर बलात्कार गरेको निवेदनका आधारमा प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई जंगलमा लुकीछिपि बसेको अवस्थामा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जवरजस्ती करणीको मुद्दामा म्याद थप गरी घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...