श्रीमती माईती गएको बेला पटक–पटक आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ



हाम्रो इकोनोमि

 

रुकुममा पटक–पटक आफ्नै छोरीलाई बलात्कार गर्ने ३४ वर्षीय बाबु पक्राउ परेका छन् ।

२ वर्ष देखि १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

बाबुले डर, त्रास, धम्की देखाई पटक पटक आफ्नै छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनले कसैलाई भनेमा आगो लगाएर मार्ने धम्कि दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।

पछिल्लो पटक उनले चैत्र १ गते छोरीलाई बलात्कार गरेको र आमाले दिएको निवेदनका आधारमा पक्राउ गरिएको बताएका छन् ।

श्रीमती माईतीमा गएको समयमा र विद्यालयबाट साथीको घरमा गएको बेला छोरीलाई जबरजस्ती समातेर घर लैजाने क्रममा बाटोमा पर्ने एक खाली गोठमा लिएर बलात्कार गरेको निवेदनका आधारमा प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई जंगलमा लुकीछिपि बसेको अवस्थामा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जवरजस्ती करणीको मुद्दामा म्याद थप गरी घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...