श्रीमती माईती गएको बेला पटक–पटक आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ
रुकुममा पटक–पटक आफ्नै छोरीलाई बलात्कार गर्ने ३४ वर्षीय बाबु पक्राउ परेका छन् ।
२ वर्ष देखि १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।
बाबुले डर, त्रास, धम्की देखाई पटक पटक आफ्नै छोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनले कसैलाई भनेमा आगो लगाएर मार्ने धम्कि दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।
पछिल्लो पटक उनले चैत्र १ गते छोरीलाई बलात्कार गरेको र आमाले दिएको निवेदनका आधारमा पक्राउ गरिएको बताएका छन् ।
श्रीमती माईतीमा गएको समयमा र विद्यालयबाट साथीको घरमा गएको बेला छोरीलाई जबरजस्ती समातेर घर लैजाने क्रममा बाटोमा पर्ने एक खाली गोठमा लिएर बलात्कार गरेको निवेदनका आधारमा प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई जंगलमा लुकीछिपि बसेको अवस्थामा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जवरजस्ती करणीको मुद्दामा म्याद थप गरी घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

