‘हामी सुरक्षित छैनौँ’ : बैतडी र दार्चुला केन्द्रबिन्दु बनाएर १ घण्टामा २ वटा भूकम्पका धक्का



हाम्रो इकोनोमि

 

पछिल्ला दिनहरुमा नेपालमा लगातार एक पछि अर्को भुकम्पको धक्का महसुस भइरहेको छ । यो बिचमा बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको स्थानीयले जानकारी दिएका छन् ।

 

यता, बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । दुवै परकम्पको केन्द्रविन्दु भारत र चीनको सीमाआसपास रहेको अनुमान गरिएको छ । नेपाल लामो समय देखि ठुलो भुकम्पको उच्च जोखिममा रहेको विज्ञहरुले बताउँदैं आएका छन् ।

तस्विर : २०७२ वैशाख १२ गते यता ४४ हजारभन्दा बढी सानाठूला भूकम्पका लागि सांकेतिक तस्विर

यसैगरी सोमवारपनि बिहानै काठमाडौ उपत्यका आसपास ४.१ म्याग्निट्युडको भूकम्प अनुभव भयो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सो भूकम्पको केन्द्रविन्दु मकवानपुर रहेको थियो। विक्रम सम्वत २०७२ वैशाख १२ गते यता ४४ हजारभन्दा बढी सानाठूला भूकम्प आइसकेका छन्। भूकम्प आउने क्रम जारी रहेको भएपनि सुरक्षाको दृष्टिकोणले सम्बद्ध निकाय भने खासै चनाखो नदेखिएको सर्वसाधारणको गुनासो छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...