‘हामी सुरक्षित छैनौँ’ : बैतडी र दार्चुला केन्द्रबिन्दु बनाएर १ घण्टामा २ वटा भूकम्पका धक्का



हाम्रो इकोनोमि

 

पछिल्ला दिनहरुमा नेपालमा लगातार एक पछि अर्को भुकम्पको धक्का महसुस भइरहेको छ । यो बिचमा बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको स्थानीयले जानकारी दिएका छन् ।

 

यता, बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । दुवै परकम्पको केन्द्रविन्दु भारत र चीनको सीमाआसपास रहेको अनुमान गरिएको छ । नेपाल लामो समय देखि ठुलो भुकम्पको उच्च जोखिममा रहेको विज्ञहरुले बताउँदैं आएका छन् ।

तस्विर : २०७२ वैशाख १२ गते यता ४४ हजारभन्दा बढी सानाठूला भूकम्पका लागि सांकेतिक तस्विर

यसैगरी सोमवारपनि बिहानै काठमाडौ उपत्यका आसपास ४.१ म्याग्निट्युडको भूकम्प अनुभव भयो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सो भूकम्पको केन्द्रविन्दु मकवानपुर रहेको थियो। विक्रम सम्वत २०७२ वैशाख १२ गते यता ४४ हजारभन्दा बढी सानाठूला भूकम्प आइसकेका छन्। भूकम्प आउने क्रम जारी रहेको भएपनि सुरक्षाको दृष्टिकोणले सम्बद्ध निकाय भने खासै चनाखो नदेखिएको सर्वसाधारणको गुनासो छ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...