यसकारण अचानक डरलाग्दो बन्यो मौसम, सचेत गराउँदै मौसम पूर्वानुमानको यस्तो सूचना



हाम्रो इकोनोमि

 

केही दिन देखि काठमाडौं उपत्यका लगायतको मौसम सफा रहेको थियो । तर आज अचानक अपरान्ह देखि सिमसिम वर्षा भइरहेको छ । कतिपय ठाउँहरुमा मेघ गर्जन सहित वर्षा भएको छ । आज बिहान मात्रैं नेपालमा भुकम्पको धक्का महसुस भएको थियो ।

 

यो सँगैं बेलुका देखि नैं पानी पर्न थालेको छ । काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा केही महिना देखि पश्चिमी वायुको प्रभावले मौसममा बद्ली भइरहेको छ । यो कत्ति दिनसम्म रहन्छ त्यो भन्ने अवस्था रहेको छैन । तर , विज्ञहरुका अनुसार घरबाट बाहिर निक्लनु भन्दा पहिले छाता वा अन्य कुराहरु साथमा हिड्न भनिएको छ । अब प्रि मनसुनको संकेत भएकाले मौसम बदली भइरहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

जारी मिति : चैत्र ०४ गते (सोमबार ):-बिहान ६:०० बजे

 

चैत्र ०४ गते (सोमबार):-
दिउँसोः देशका पुर्बी भूभाग र पहाडी भू -भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। रातीः देशका पहाडी भू -भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

 

चैत्र ०५ गते (मंगलबार):-
दिउँसोः देशका पहाडी भू -भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

चैत्र ०६ गते (बुधबार ):-
दिउँसोः देशका धेरै जसो भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पश्चिमी पहाडी क्षेत्र तथा मध्य तथा पूर्वी क्षेत्रको पहाडी भेगका थोरै स्थानहरुमामा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...