भरुवा बन्दुक र गाँजासहित ५ जना पक्राउ



हाम्रो इकोनोमि

 

प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–७ बाट अवैध भरुवा बन्दुक र गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । दीपसन भन्ने २० वर्षीय सर्गलाल प्रजाको घरबाट एक थान भरुवा बन्दु र ७८ केजी गाँजा बरामद गरिएको हो।

 

यस्तै, उनको घरबाट प्रहरीले सानो ब्याट्री तीन थान, स–साना ढुङ्गाका टुक्रा २५ वटा, १०० एमएलको आल्मुनियम बोतलमा बारुद तथा एकथान रोल पटका बरामद गरेको छ। यसैगरी, सोही स्थानका ४५ वर्षीय चन्द्रबहादुर चेपाङसहित उनको घरबाट ६१ केजी गाँजा र एकथान भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ।

 

प्रहरीले आइतबार साँझ ४५ केजी गाँजासहित थप तीनजनालाई पक्राउ गरिएको छ। डब्लुबी ०६–६३०९ नम्बरको भारतीय कारमा फ्ल्स बनाएर हेटौँडाबाट वीरगञ्जतर्फ गाँजा लैजाँदै गरेको अवस्थामा भारतको बिहारस्थित भगलपुरका ३० वर्षीय विष्णकुमार शाह, ३० वर्षीया रेणुदेवी र २८ वर्षीय अहमद गुल्जार पक्राउ परेका प्रहरीले जनाएको छ ।

 

प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौँडा–१५ स्थित रातोमाटेमा नियमित चेकजाँचको क्रममा भारतीय नम्बर प्लेटको गाडीमा डिक्कीभित्र फल्स बटम बनाएर गाँजा लुकाएर भारततर्फ लैजान लागेको अवस्थामा पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...