८ वर्षकी बालिका बलात्कार गर्ने पूर्वपादरी ३० वर्षपछि पक्राउ



हाम्रो इकोनोमि

 

करिब ३० बालिकाको यौनशोषणका आरोपी पूर्व पादरीको नयाँ घटना पर्दाफास भएको छ । अमेरिकी पत्रिका डेलि मेलमा छापिएको रिपोर्टका अनुसार पादरीले केहिदशक अघि ८ वर्षकी बालिकालाई वान्ता आउन्जेल बलात्कार गरेका थिए ।

घटना ३० वर्ष पुरानो हो । प्रहरीले मंगलबार न्यू मेक्सिकोका ८१ वर्षिय पूर्वपादरीलाई पक्राउ गरेको छ । उसको नाम सबीने ग्रिगो भएको समाचारमा उल्लेख छ । लास भेगसमा बस्ने पादरीलाई चर्चले १९९३ मा अवकाश दिएको भता पनि उसको पूर्ण कामकामज भने २००५ मात्र सकिएको समाचार लेखिएको छ ।

अहिले आरोपी सबीने ग्रिगोलाई लास भेगसको जेलमा राखिएको छ । अहिले यो बलात्कारको घटना बाहिर आएता पनि चर्चमा रहेको मानिसहरुलाई यो घटनाको बारेमा वर्षौँ पहिलेदेखि थाहा भएको प्रहरीको भनाई छ ।

पादरीले ८ वर्षकी बालिकालाई हामीहरु एउटा खेल खेल्ने भन्दै बलात्कार गरेका थिए । यसभन्दा पहिला २०१७ मा चर्चले ७८ जना यौनशोषणमा मुद्दा झेलिरहेका पादरीहरुको सूचीसमेत सार्वजनिक गरेको थियो ।

पीडित युवतीले बाल्यकालमा मात्र नभएर त्यसपछि पनि पादरीले मौकाको फाइदा उठाउँदै बलात्कार गर्ने गरेको उल्लेख गरेकी छन् । पादरीले रक्सी पिउन बाध्य बनाउने र चम्चाले पिट्ने गरेको पीडित युवतीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...