८ वर्षकी बालिका बलात्कार गर्ने पूर्वपादरी ३० वर्षपछि पक्राउ



हाम्रो इकोनोमि

 

करिब ३० बालिकाको यौनशोषणका आरोपी पूर्व पादरीको नयाँ घटना पर्दाफास भएको छ । अमेरिकी पत्रिका डेलि मेलमा छापिएको रिपोर्टका अनुसार पादरीले केहिदशक अघि ८ वर्षकी बालिकालाई वान्ता आउन्जेल बलात्कार गरेका थिए ।

घटना ३० वर्ष पुरानो हो । प्रहरीले मंगलबार न्यू मेक्सिकोका ८१ वर्षिय पूर्वपादरीलाई पक्राउ गरेको छ । उसको नाम सबीने ग्रिगो भएको समाचारमा उल्लेख छ । लास भेगसमा बस्ने पादरीलाई चर्चले १९९३ मा अवकाश दिएको भता पनि उसको पूर्ण कामकामज भने २००५ मात्र सकिएको समाचार लेखिएको छ ।

अहिले आरोपी सबीने ग्रिगोलाई लास भेगसको जेलमा राखिएको छ । अहिले यो बलात्कारको घटना बाहिर आएता पनि चर्चमा रहेको मानिसहरुलाई यो घटनाको बारेमा वर्षौँ पहिलेदेखि थाहा भएको प्रहरीको भनाई छ ।

पादरीले ८ वर्षकी बालिकालाई हामीहरु एउटा खेल खेल्ने भन्दै बलात्कार गरेका थिए । यसभन्दा पहिला २०१७ मा चर्चले ७८ जना यौनशोषणमा मुद्दा झेलिरहेका पादरीहरुको सूचीसमेत सार्वजनिक गरेको थियो ।

पीडित युवतीले बाल्यकालमा मात्र नभएर त्यसपछि पनि पादरीले मौकाको फाइदा उठाउँदै बलात्कार गर्ने गरेको उल्लेख गरेकी छन् । पादरीले रक्सी पिउन बाध्य बनाउने र चम्चाले पिट्ने गरेको पीडित युवतीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...