रवि लामिछानेलाई पत्रकारिता छाडेर राजनीतिमा भिड्न अखिलका नेताको चुनौती
चर्चित पत्रकार रबि लामिछाने, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेतबिचको टकराव अझै सुल्झन सकेको छैन ।
यसै बिषयमा अधिबक्ता समेत रहेका सुरेन्द्र बस्नेतले प्रचण्डको सन्दर्भमा जथाभावी बोलेर पत्रकारिता गरेको भन्दै रबि लामिछानेलाई कारवाहीको माग गरेका छ्न । अन्तर्वार्तामा कुरा गर्दै बस्नेतले जिम्मेवार पत्रकारले प्रचण्ड जस्तो नेता लाई जिउदै मार्न मिल्छ र भन्दै प्रश्न समेत उठाएका छन ।
पत्रकारिताको मर्म र भावना अनुरुप रवि लामिछाने नचलेको भन्दै बस्नेतले लामिछानेलाई राजनीति सुरु गरेर भिड्न चेतावनी समेत दिएका छन ।