विप्लव कार्यकर्ताको हिरासत मै अनसन



हाम्रो इकोनोमि

 

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध घोषणा गरेर कडाइ गरिरहेका बेला प्यूठानमा यो समूहका एक कार्यकर्ता आमरण अनसन बसेका छन् ।

कारागारले ‘आस्थाका बन्दी’को व्यवहार नगरेको भन्दै विप्लव कार्यकर्ता पदम पोखरेल अनसन बसेका हुन् ।

पोखरेल विप्लव नेतृत्वको नेकपाका विद्यार्थी नेता हुन् । उनलाई केही दिनअघि प्रहरीले पक्रेको थियो ।

यद्यपि, उनले पार्टीका कुनै पनि गतिविधिमा संलग्न नहुँदा-नहुँदै पनि आफूलाई नियन्त्रणमा लिएको गुनासो गरेका छन् । ‘आस्थाको बन्दी भए पनि प्रहरीले अपराधीलाई जस्तो व्यवहार गरेकाले ३६ घण्टादेखि अनसनमा छु’, उनले अनलाइनखबरसँग भने ।

हिरासतका बन्दीलाई हुनुपर्ने न्यूनतम व्यवहारसमेत नभएको उनको गुनासो छ । तर, प्यूठान प्रहरी प्रमुख डीएसपी निर्मल बुढाथोकीले भने आरोप अस्वीकार गरे । हिरासतका अन्य कैदी सरह नै उनीहरुलाई सेवा-सुविधा दिएको बुढाथोकीको भनाइ छ ।

नेपाली सेनाबाट सेवानिवृत्त स्याङ्जा स्थायी घर भई हाल प्यूठानको जस्पुरमा होटल व्यवसाय गर्दै आएका नवीन डुम्रेलाई पनि प्रहरीले विप्लव समूहको गतिविधिमा संलग्नको आरोपमा नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...