केही सेकेन्डले मात्रै ठुलो काल बाट जोगियो काठमान्दौ आउँदै गरेको जहाज



हाम्रो इकोनोमि

 

संयुक्त अरब इमिरेट्सको आबुधाबीबाट काठमाडौं आइरहेको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शुक्रबार मुम्बईको आकाशमा दुई विमान ठोक्किनबाट केही सेकेण्डले मात्र जोगिएको टाइम्स अफ इण्डिया डट कमले खबर लेखेको छ ।

 

संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीबाट काठमाडौंतर्फ आइरहेको इतिहाद एयरबस ३२० (इवाई २९०) विमान र हो चि मिन्हबाट पेरिस लागिरहेको एयर फ्रान्स बोइङ ७७७ (एएफ २५३) एकआपसमा ठोकिनबाट केही सेकेण्डले मात्र बचेका हुन् । समाचारमा उल्लेख गरिएअनुसार आ–आफ्ना गन्तव्यमा दिउँसो १ः४० मा उडिरहेका दुई विमानमा अचानक ट्राफिक कोलिजन अभोइडेन्स सिष्टम्समा चेतावनीमूलक संकेत देखापरेको थियो । यसको अर्थ हो, विपरित दिशाबाट उडिरहेको विमानसँग ठोक्किनसक्ने जोखिम ।

 

दुई विमान तीन नटिकल माइल्स अर्थात् झण्डैं ५.५५६ किलोमिटरको फरकमा थिए । यति दूरी पार गर्न दुई विमानलाई केवल केही सेकेण्ड मात्र लाग्ने खबरमा उल्लेख गरिएको छ । त्यहीबेला एयर ट्राफिक कन्ट्रोलरले इतिहास विमानलाई ३३ हजार फिटको उचाई लिन निर्देशन दिएका थिए । त्यसअघि एयर फ्रान्स ३२,००० फिट उचाईंमा र इतिहाद ३१,००० फिटको उचाईमा उडिरहेका थिए ।

 

घटनालगत्तै मुम्बईका एयर ट्राफिक कन्ट्रोलरलाई हटाइएको र अनुसन्धान थालिएको बताइएको छ । स्मरणीय छ, पाकिस्तानले आफ्नो आकाशलाई उडान प्रतिबन्ध लगाएपछि भारतीय आकाशमा चाप बढेको छ । पाकिस्तानले निर्णय फिर्ता लिइसके पनि भारतीय आकाशको रुटलाई पुरानै अवस्थामा फर्काइएको छैन ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...