एयरपोर्टको मन छुने भावुक तस्बिर, कतार जान लागेको छोरा ओझेल परिसक्दा पनि हेरिरहे बाबुले



हाम्रो इकोनोमि

 

सरकारमा बस्ने मन्त्रीहरू र राजनीतिक दलका नेताहरू देशले विकासको फड्को मारिसक्यो भन्न छाडेका छैनन् ।उनीहरू देशमै रोजगारी सिर्जना भएको भन्दै अब नेपाली युवाहरूले विदेशिनु नपर्ने बताइरहेका छन् । तर, अझै पनि दैनिक हजारदेखि १५ सय नेपाली युवायुवती खाडीलगायत अन्य मुलुकमा रोजगारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने गरेका छन् ।


आइतबार बिहानदेखि एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन तस्बिरमा वैदेशिक रोजगारका लागि कतार जान लागेका छोरालाई बिदाइ गर्न आएका एक बाबुको हो । जसमा छोरा ओझेल परिसके पनि धेरै बेर उनले हेरिरहेका देखिन्छन् ।

खुट्टामा चप्पल लगाएर तराईका कुनै एक जिल्लाबाट आएका जस्ता देखिन्छन् यी व्यक्ति । उनी आफ्नो सन्तान गएको बाटो धेरै बेरसम्म आँखाले पछ्याइरहेका छन् । जुन तस्बिर आमनेपालीको वास्तविक चित्र हो ।

 

दुई छाक मिठो खान र एक जोर राम्रो कपडा लगाउने आशमा आफ्ना छोराछोरीलाई एयरपोर्टबाट यसैगरी बिदाइ गरेपछि पनि हेरिरहने सयौं बाबुहरूले उनीहरूको शव बाकसमा आएको पीडा बेहोर्न बाध्य छन् ।

तस्बिर : सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...