एयरपोर्टको मन छुने भावुक तस्बिर, कतार जान लागेको छोरा ओझेल परिसक्दा पनि हेरिरहे बाबुले



हाम्रो इकोनोमि

 

सरकारमा बस्ने मन्त्रीहरू र राजनीतिक दलका नेताहरू देशले विकासको फड्को मारिसक्यो भन्न छाडेका छैनन् ।उनीहरू देशमै रोजगारी सिर्जना भएको भन्दै अब नेपाली युवाहरूले विदेशिनु नपर्ने बताइरहेका छन् । तर, अझै पनि दैनिक हजारदेखि १५ सय नेपाली युवायुवती खाडीलगायत अन्य मुलुकमा रोजगारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने गरेका छन् ।


आइतबार बिहानदेखि एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन तस्बिरमा वैदेशिक रोजगारका लागि कतार जान लागेका छोरालाई बिदाइ गर्न आएका एक बाबुको हो । जसमा छोरा ओझेल परिसके पनि धेरै बेर उनले हेरिरहेका देखिन्छन् ।

खुट्टामा चप्पल लगाएर तराईका कुनै एक जिल्लाबाट आएका जस्ता देखिन्छन् यी व्यक्ति । उनी आफ्नो सन्तान गएको बाटो धेरै बेरसम्म आँखाले पछ्याइरहेका छन् । जुन तस्बिर आमनेपालीको वास्तविक चित्र हो ।

 

दुई छाक मिठो खान र एक जोर राम्रो कपडा लगाउने आशमा आफ्ना छोराछोरीलाई एयरपोर्टबाट यसैगरी बिदाइ गरेपछि पनि हेरिरहने सयौं बाबुहरूले उनीहरूको शव बाकसमा आएको पीडा बेहोर्न बाध्य छन् ।

तस्बिर : सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...