शवबिनै एकताको अन्त्येष्टि गर्ने तयारी, मृतकका परिवारलाई दिन थालियो एक केजी माटो



हाम्रो इकोनोमि

 

अफ्रिकी मुलुक इथियोपियामा जहाज दुर्घटनामा परी निधन भएकी गोरखा छेपेटारकी २८ वर्षीया एकता अधिकारीको शव आउन समय लाग्ने भएपछि परिवारले शवबिनै अन्तिम सस्कार गर्ने तयारी गरेको छ।

इथियोपियाको आदिस आबाबामा  गत आइतबार (फागुन २६ गते) इथियोपिएन एयरलाइन्सको ७३७ बोइङ जहाज दुर्घटना हुँदा विश्व खाद्य कार्यक्रममा कार्यरत अधिकारीसहित १५७ जनाको निधन भएको थियो।

एकताको निधन भएको आठ दिन हुँदा पनि शव नआएपछि हिन्दु धर्म संस्कारअनुसार अन्त्येष्टि गर्ने  तयारी गरेको उनका ठूलोबुवा ईश्वर अधिकारीले सेतोपाटीलाई जानकारी दिए।

‘शव आउन समय लाग्ने भयो। आज पुरोहितसँग अब कसरी संस्कार गर्न सकिन्छ भन्नेबारे छलफल गर्दैछौं,’ अधिकारीले भने, ‘शव त के बाँकी होला र! तै पनि शव आउँछ कि भनेर कुर्दै छौं।’

उनले एकताको शव ल्याउन नेपालस्थित विश्व खाद्य कार्यक्रमको कार्यालयमा भनिरहेको बताए।

‘हामीले अन्त कतै पहल गर्न सक्दैनौं। त्यही कार्यालयले जे गर्छ त्यसैको भर परेका छौं,’ अधिकारीले भने।

हिन्दु संस्कारअनुसार शव फेला पार्न नसकेमा कुशको शव बनाएर अन्तिम संस्कार गर्ने चलन छ।

राष्ट्रसंघीय वातावरण सभामा भाग लिन इथियोपियाबाट केन्या जाँदै गरेका एकतासहित जहाजमा रहेका ३३ देशका १४९ यात्रु र चालक दलका ८ जनासहित १५७ जनाका परिवार पनि शव प्राप्त हुने पर्खाइमा छन्।

जहाज दुर्घटनामा परेर निधन भएकाहरूको शव पहिचानका लागि फोरेसिक डिएनएको काम सुरू भए पनि कम्तिमा छ महिना लाग्ने भएकोले मृतकका परिवारलाई दुर्घटनास्थलको माटो दिन थालिएको छ।

समाचार संस्था एपीका अनुसार दुर्घटनामा परेकाहरूका परिवारलाई दुर्घटनास्थलबाट एक किलोग्राम माटो खोस्रेर र बोरामा प्याक गरी आफन्तलाई दिन थालिएको छ।

दुर्घटनामा आफन्त गुमाएका परिवारका एक सदस्यले भने, ‘जबसम्म हाम्रो मान्छेको वास्तविक शव वा शवको भाग प्राप्त हुँदैन त्यतिबेलासम्म मनमा शान्ति हुँदैन।’

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...