दुई वर्ष भयो श्रीमान्सँग यौनसम्पर्क नराखेको,अर्को पुरुषसँग १५ महिना लगातार…..



 

 

म एक सन्तानकी आमा हुँ । लगभग दुई वर्ष भयो, मैले आफ्नो श्रीमान्सँग यौनसम्पर्क नराखेको । अर्को एक पुरुषसँग माया बसेकाले दुवै जनाको सहमतिमा करिब १५ महिना लगातार यौन सम्पर्क राख्यौँ र दुई महिनापहिले ऊ पनि वैदेशिक रोजगारीमा गयो । त्यसयता मैले कसैसँग सम्पर्क राखेकी छैन । हुनत म जोसँग पनि यौनसम्पर्क राख्ने महिला होइन, तर पनि आफ्नो श्रीमानबाहेक माया-प्रेम बस्न गएकाले यस्तो भएको हो ।

 

यी सबै कुराको निचोड र मेरो मनको खुल्दुली के हो भने अब एक-दुई महिनाभित्रै मेरा श्रीमान् घर आउँदै हुनुहुन्छ । मैले अरू कसैसँग यौनसम्पर्क राखे-नराखेको उहाँलाई थाहा हुन्छ ? थाहा हुन्छ भने कसरी ? थाहा हुँदैन भने कसरी ? के यस्तो कुरा थाहा पाउने कुनै उपाय छ ? के महिलाले आफ्नो यौनचाहना दबाएर राख्नुपर्छ ? गोप्य तरिकाले सम्बन्ध राख्न पाइँदैन ? यो अधिकार महिलालाई छ कि छैन ?–र।
विवाहेत्तर सम्बन्धले कस्तो समस्या ल्याउँछ ?

 

विवाहेत्तर सम्बन्ध बर्जित छ, त्यसैले यसमा समाजले दण्ड पनि दिन्छ । यस्ता दण्ड दिने कुरामा स्थानीय संस्कृति, धर्म, पारिवारिक मूल्य-मान्यताअनुरूप धेरै फरक पर्न सक्ने भए पनि सामान्यतः समाजले यसप्रति प्रदर्शन गर्ने धारणा अनि दण्ड एकदमै नकारात्मक हुन्छ । कतिपय समाजमा त यसलाई अक्षम्य अपराध मानेर कडा सजाय दिइएको पनि पाइन्छ ।

 

यहाँसम्म कि कतिपय समाजमा मृत्युदण्डसमेत दिइएको पाइन्छ । सामाजिक एवं अनौपचारिक रूपमा दिइने सजायबाहेक नेपालमा पनि यस्तो सम्बन्धलाई गैरकानुनी वा अनैतिक मानिन्छ । यहाँ पुरुष र महिलामा विवाहेत्तर सम्बन्धलाई लिएर केही असमानता देखिन्छ । मात सत्तात्मक समाजमा केही फरक परे पनि मानव इतिहास केलाउने हो भने पितृसत्तात्मक समाजमा पुरुषको अधिकार खोसिएको दृष्टिकोणले हेरिने भएकाले महिलालाई नै दोषी मान्ने र दण्डको भागीदार पनि उसैलाई बनाउने गरिएको पाइन्छ ।

 

यस्ता सम्बन्धका कुरा खुल्दा व्यक्तिगत रूपमा पनि यसले अनेक समस्या आउँछ । यसले तनाव पनि हुन्छ भने वैवाहिक सम्बन्धमा पनि समस्या उत्पन्न हुन्छ । आघात परेको व्यक्तिको क्रोधको सीमा रहँदैन । लाजको भावना, उदासीपन, सामना नै गर्न नसकिने शक्तिहीनताको स्थितिमा पुगिने, सिकार बन्न पुगेको स्थिति वा लत्याइएको अनुभव हुन्छ ।

 

यस्तो स्थितिमा कुनै कुरामा मन केन्दि्रत गर्न गार्होु हुनुका साथै निरन्तर रूपमा घटनाको चिन्ता वा सोच आइरहन्छ अनि दैनिक रूपमा कुनै पनि काम गर्न नसकिने हुन्छ । आफ्नी श्रीमतीले यसो गरेको थाहा पाउँदा पुरुष प्रधान समाजको श्रीमान्लाई समेत ठूलै आघात पर्न सक्छ ।

 

सम्बन्धलाई सुमधुर बनाउन के गर्न सकिएला ?

यस्ता समस्याको समाधान भने सजिलो छैन । एकपल्ट धोका खाइसकेपछि त्यसलाई सुमधुर बनाउन नसकिने र सम्बन्धलाई टु्ङग्याउनुपर्ने विचारका पक्षधर एकातिर छन् भने अर्कातिर यस प्रकारका घटना घटिहाले पनि सम्बन्ध सुमधुर बनाउनतिर लाग्नुपर्ने कुरामा जोड दिइन्छ । सम्बन्ध सुमधुर बनाउन दम्पतीलाई नै परामर्श दिनुपर्ने हुन्छ र परामर्शदाताको सहयोगमा दुवैले सहकार्य गर्नुपर्ने हुन्छ । विवाहेत्तर सम्बन्धको समाचार कसरी खुल्दै (थाहा हुँदै) गएको छ भन्ने कुरामा आघात परेको अर्थात् चोट खाने व्यक्तिको प्रतिक्रिया निर्भर हुन्छ ।

 

यो जानकारी जसरी आएको भए पनि विवाहेत्तर सम्बन्ध राख्ने व्यक्ति र चोट खाने व्यक्ति दुवैको मानसिक स्थिति सामान्यभन्दा फरक हुन्छ । तनाव अनि चिन्ता उच्चतम बिन्दुमा हुनसक्छ र त्यसले संकट सिर्जना गरेको हुनसक्छ । चोट खाएको व्यक्ति र विवाहेत्तर सम्बन्ध राख्ने व्यक्तिमाझको सम्बन्धलाई सुमधुर बनाउन निम्न कुराले केही मद्दत गर्छः

 

सर्वप्रथम त सुरुको संकटावस्थाको व्यवस्थापन गर्नुपर्ने हुन्छ । एकातिर आत्महत्यासम्म पुग्न सक्ने भएकाले त्यसलाई रोक्नु आवश्यक हुन्छ भने अर्कातिर क्रोधका कारणले गरिने शारीरिक आक्रमण वा हिंसालाई पनि रोक्नुपर्ने हुन्छ । त्यसपछि दम्पतीबीचको सम्बन्धको बलियो पक्षलाई केलाउनुपर्ने हुन्छ ताकि भविष्यमा त्यसकै आधारमा सम्बन्धलाई सुमधुरतातर्फ लान सकिन्छ, तर यतिखेर सम्बन्धका कमजोर पक्षलाई के लाउनु पनि त्यति नै महत्त्वपूर्ण हुन्छ अनि उपचारका क्रममा दुवै जना -दम्पती) को भूमिकाका सम्बन्धमा छलफल गर्नुपर्ने हुन्छ ।

 

सुरुमा धेरै नकारात्मक कुरा आउँछ, तर त्यसबाट बाहिर निस्कन सक्नुपर्छ । यो बेलामा शारीरिक स्वास्थ्यको पनि त्यति नै ख्याल राख्नुपर्छ र हेरचार गर्न विशेष ध्यान दिनुपर्छ । नेपाली समाजमा धेरैजसो स्थितिमा परिवारभित्र वा बाहिर सहयोग गर्ने व्यक्ति भेटिन्छन् नै । दुःखबाट बाहिर निकाल्ने प्रयास गर्नुपर्छ । परिस्थिति केही स्थिर भएपछि कसरी सम्बन्धलाई अघि बढाउने भन्ने कुरा गर्दै जानुपर्छ । बारम्बार पुराना कुरा बल्भिम्ने भएकाले त्यसको व्यवस्थापनप्रति पनि त्यत्तिकै सजग हुनुपर्छ ।

 

सुरुको संकटावस्थाको राम्रो व्यवस्थापन गरेपछि दम्पतीबीचको सम्बन्धका बारेमा किन यस्तो हुन गयो भन्ने कुरालाई राम्रोसँग केलाइन्छ । दम्पतीबीचको सम्बन्ध, परिस्थितिजन्य प्रभाव पार्ने तत्त्वहरू, दुवै -दम्पती) को गुण-अवगुण के थिए विश्लेषण गर्नुपर्छ । यहाँ परिस्थितिको राम्रो बुझाइ महत्त्वपूर्ण छ । यस दौरान दुवैको गतिमा असमानता हुनसक्छ । बाहिर सम्बन्ध राख्ने व्यक्तिलाई पुराना कुरा बिर्सिएर सम्बन्ध अघि बढाउन जति सजिलो हुन्छ, चोट खाने जोडीलाई त्यो त्यति सजिलो नहुन सक्छ ।

 

त्यसपछि पहिले प्राप्त भएको सूचना वा जानकारीका आधारमा अब के गर्ने भन्ने निर्णय गरिन्छ । कतिपय दम्पती पारपाचुके -विवाह सम्बन्ध-विच्छेद) गर्ने निर्णयमा पुग्न सक्छन् भने अघि बढ्ने निर्णय पनि गर्न सक्छन् । आफ्ना र आफ्नो जोडीका बारेमा सिकिएका वा जानेको कुराका आधारमा आवश्यक प्रतिबद्धताका साथ सम्बन्धलाई पुनस्र्थापित गर्नतर्फ लागिन्छ । यहाँ माफी दिन सक्नुलाई महत्त्वपूर्ण मानिन्छ र नकारात्मक सोच, भावना एवं व्यवहारबाट परै राख्न प्रयास गरिन्छ । प्रगतिअनुरूप बिस्तारै अघि बढिन्छ, तर यसका लागि कैयौँ साता वा महिना लाग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं : ईश्वर पोखरेल

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तथ्य र प्रमाणको आधारमा छिमेकीसँग

एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल

    एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा

पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ

     नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च