ओली र राउतको राष्ट्रघाती सम्झौता बिरुद्ध काँग्रेसले आन्दोलन गर्छ देउवाले



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी आन्दोलन गरिरहेको  सिके राउतसँगको सम्झौता राष्ट्रघाती भएको बताएका छन् । सम्झौतामा देश टुक्राउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी ‘जनअभिमत’ भनिएको देउवाले बताए ।

 

नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले भने, ‘नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा हामीलाई सैहृय हुँदैन । सिकेसँगको सम्झौतालाई राष्ट्रघाती कामका रुपमा लिएका छौं । देशलाई टुक्राउने कुरा हामी मान्दैनौं ।’

 

सिके राउतले जनमत संग्रह भनेर बोलिरहेको, तर प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डनसमेत नगरेको भन्दै देउवाले आपत्ती जनाए । ‘सिके राउतले नयाँ देश बनाउँछु भनिरहेको छ । यो मूलधारको राजनीतिमा आउने कुरा होइन रहेछ,’ देउवाले भने, ‘राष्ट्रघाट गरेका छन् वास्तवमा । सिकेले बोलेको कुरामा ओली (प्रधानमन्त्री केपी शर्मा ओली) ले खण्डन गर्नुपर्‍यो ।’

 

अलग्गै देशबाट सहमति लिएजसरी सिकेले बोलिरहेको देउवाले बताए । ‘सिके राउतले अलग्गै देश बनाउन सहमति भन्छ त, मैले भनेको कुरा होइन,’ देउवाले भने, ‘देश टुक्राउने कुरा गरेको छ, मूलधारमा आएको भए त्यसो भन्थे ?’

 

सिके राउतले कसरी बोलिरहेका छन्, त्यतातिर हेर्न देउवाले आग्रह गरे । ओली सरकारले संघीयतालाई कमजोर बनाउने काम गरिरहेको देउवाले बताए । ‘प्रजातन्त्रको खिलापमा अधिनायकवाद ल्याउँदै छ ओली सरकार,’ देउवाले भने ।

 

प्रतिपक्ष कमजोर भयो भन्ने पत्रकारको सवालको देउवाले प्रतिकार गरे । ‘भोट हाल्ने बेलामा एमालेलाई हाल्ने अनि कांग्रेस कहाँ गयो, कहाँ गयो भन्ने ?,’ देउवाले भने, ‘हामी एमालेजस्तो तीन महिना संसद नै चल्ने नदिने पार्टी त होइनौं नि । अब सशक्त आन्दोलन गर्छौं ।’

 

कस्तो सशक्त आन्दोलन भन्ने कुरा गरेपछि थाहा हुने उनको भनाइ थियो । ओली प्रधानमन्त्री भएको एक वर्ष बितिसक्दा एउटा पनि देखाउनलायक राम्रो काम नगरेको देउवाले दाबी गरे । फौजदारी संहिताको नाममा प्रजातन्त्र र प्रेसलाई नियन्त्रण गर्ने र अधिनायकवादमा लैजाने काम गरिरहेको उनको आरोप छ ।

 

कार्यक्रममा पोखराको गण्डकी मेडिकल कलेजको प्रश्न आउनेबित्तिकै देउवा एकाएक जंगिए । डा. गोविन्द केसीको मागका विषयलाई लिएर सडक आन्दोलन गरेको कांग्रेस पाँच सयभन्दा बढी विद्यार्थीले लामो समयदेखि गरिरहेको आन्दोलनप्रति भने किन मौन छ ? भन्ने प्रश्न पत्रकारहरुले सोधेका थिए ।

कलेजका सञ्चालक खुमा अर्यालसँग पनि कांग्रेस र देउवालाई समेत जोड्न थालिएको पत्रकारको प्रश्नपछि देउवाले आक्रोशित हुँदै भने, ‘कहाँबाट आयो त्यो कुरा ? मैले के बोल्नुपर्‍यो ? म किन जोडिने ? चिकित्सा विधेयक नै मैले ल्याएको होइन ? एमालेको बोर्डर नायकलाई किन भएन कारबाही ? सबैलाई हुनुपर्‍यो नि ।’ कार्यक्रममा सहभागी कांग्रेसका अन्य नेताले भने सभापति देउवालाई त्यो कुरा थाहा नभएको बताउँदै विषयान्तर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...