अर्थमन्त्री खतिवडाको बर्खास्तीको माग गर्दै आन्दोलनको घोषणा
नेकपाको राजनीति, सैध्दान्तिक पक्ष नबुझेका व्यक्तिलाई अर्थमन्त्रीको जिम्मेवारी दिएपछि नेकपा र प्रधान मन्त्री केपी शर्मा ओली दुबैको आलोचना भइरहेको छ । युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त भएपछि निरन्तर रुपमा ओरालो लागेको पूँजी बजार आजभोलि त थामिन नसक्ने अवस्थामा पुगेको छ।
पूँजी बजारको बिग्रो अवस्थालाई मध्ये नजरमा राखेर सरोकार पक्षहरुले ”सुधार र बिस्तारको लागि अर्थमन्त्री युवराज खतिवडाको बर्खास्ती” मुख्य मागसहित आन्दोलनको घोषणा गरेका छन्। २०७५ फागुन २७ गते शेयर लगानीकर्ता दबाब समूहले कडा र लामो आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
नालायक अर्थ मन्त्रीका विरुध्द दबाब समूहले फागुन २७ गते सोमबार प्रेस बिज्ञप्ति जारी गदै पूँजी बजार सुधार तथा बिस्तारका लागि पटक पटक दिएको दबाब समेतलाई सरकार तथा नियमनकारी निकायले वेवास्ता गरेको भन्दै आन्दोलनको घोषण गरेको हो ।
प्रेस बिज्ञप्तिमा सरकारले गठन गरेको अध्ययन समितिले दिएको ५८ बुँदे सुझावमा अधिकांश बुँदाहरु कार्यान्वयनमा आलटाल गरिएकोमा दबाब समूहले गंभीर आपत्ति जनाएको छ ।
दबाब समूहले बैशाख १ गतेदेखि पुँजी बजारमा प्यान अनिवार्य लगाउने आवश्यकता र औचित्य पुष्टि नभएको हुनाले अनिवार्यको सट्टा स्वेच्छिक हुनुपर्ने प्रस्ट पारेको छ । साथै शेयर बजारमा खरीद बिक्री गर्दा लिने पूँजीगत लाभकर अन्तिम हो भन्ने प्रष्ट बनाइनुपर्ने माग राखेको छ ।
समूहले यसअघि धितोपत्र बोर्डमा पेश गरेको ३२ बुँदे मागसहित अन्य थप माग राखेर २०७५ चैत ९ गतेदेखि चैत १६ गतेसम्म आन्दोलनको घोषणा गरेको छ ।
दबाब समूहको आन्दोलनको कार्यक्रम:-
चैत ९ गते पूँजी बजार बिरोधी अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्ने
चैत १० गते, धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ
चैत ११ गते नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारीको घर घेराउ
चैत १२ गते सिंहदरबार क्षेत्रमा कालो बेलुन उडाउने
चैत १३ गते, नेपाल धितोपत्र बोर्डमा तालाबन्दी गर्ने
चैत १४ गते लगानी सम्मेलनमा आउने विदेशी पाहुनाहरुलाई नेपालको पूँजी बजारबारे अवगत गराउन विवरण पत्र बुझाउने
चैत १५ गते लगानी सम्मेलनमा विदेशी पाहुनासँग छलफल गर्ने
चैत १६ गते प्रधानमन्त्री र अर्थमन्त्री जाने सार्वजनिक कार्यक्रममा विरोध प्रदर्शन गर्ने
आन्दोलन सम्बन्धी बिज्ञप्तिको पूर्ण पाठ
पूँजी बजार सुधार र बिस्तारका साथै लगानीकर्ताहरुको लगानी सुरक्षाको सवाललाई लिएर यस समूहले मंसिर १० गतेदेखि १४ बुँदे मागसहित थालेको आमरण अनशनसम्मको पहिलो अभियानले आंशिक सफलता हासिल गरेको थियो । त्यसको उपलब्धि रक्षा गर्न र थप सुधार तथा बिस्तारका लागि दबाब दिन दोस्रो चरणमा हामीले ३२ बुँदे माग सरोकारवाला निकायहरुलाई पेश गरेको विदितै छ ।
हाम्रा ती मागहरु पुरा गरी पूँजी बजारमा नीति, पुर्वाधार र प्रबिधिको सुनिश्चितता गर्न हामीले पटक पटक दिएको दबाब समेतलाई सरकार तथा नियमनकारी निकायले वेवास्ता गरेको हुँदा हामीलाई सम्पतिको सुरक्षको संबैधानिक हकलाई आत्मसाथ गर्दै अब निर्णायक आन्दोलनमा उत्रिने निर्णय गरेका छौं ।
सरकारले गठन गरेको अध्ययन समितिले दिएको ५८ बुँदे सुझावका केही बुँदा कार्यान्वयन गरिए पनि अधिकांश बुँदाहरु कार्यान्वयनमा आलटाल गरिएकोमा हाम्रो गंभीर आपत्ति रहेको छ तशर्थ पूँजी बजार बिरोधी अर्थमन्त्रीलाई बर्खास्त गर्न हाम्रो प्रमुख माग रहेको छ ।
ती सबै बुँदाहरु तत्काल कार्यान्वयन गरी नेपाल सरकारको निर्णयअनुसार बैशाख १ गते देखि पुँजी बजारमा प्यान अनिवार्य लगाउने आवश्यकता र औचित्य पुष्टि नभएको हुनाले अनिवार्यको सट्टा स्वीछिक हुनुपर्ने हो । साथै शेयर बजारमा खरीद बिक्री गर्दा लिने क्यपिटल गेन ट्याक्स अन्तिम हो भन्ने प्रष्ट बनाइयोस साथै हाम्रा ३२ बुँदे माग विदितै छन् ।
हाम्रा यी मागहरु पुरा गर्नमा चासो दिनुको सट्टा नियमनकारी निकाय धितोपत्र बोर्डका अध्यक्ष आफै लगानीकर्ता बिरुद्ध षडयन्त्रमा लागेकाले अब आन्दोलनमा जानुको विकल्प नरहेको हाम्रो निष्कर्ष हो ।
तसर्थः हाम्रो माग पुरा गराउन चैत ९ गतेदेखि चैत १६ गतेसम्मका लागि देहाय बमोजिमका आन्दोलनको कार्यक्रम घोषणा गर्दछौ ः
चैत ९ गते पूँजी बजार बिरोधी अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्री समक्ष आग्रह गर्ने
चैत १० गते, धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ
चैत ११ गते नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारीको घर घेराउ
चैत १२ गते सिंहदरबार क्षेत्रमा कालो बेलुन उडाउने
चैत १३ गते, नेपाल धितोपत्र बोर्डमा तालाबन्दी गर्ने
चैत १४ गते लगानी सम्मेलनमा आउने विदेशी पाहुनाहरुलाई नेपालको पूँजी बजारबारे अवगत गराउन विवरण पत्र बुझाउने
चैत १५ गते लगानी सम्मेलनमा विदेशी पाहुनासँग छलफल गर्ने
चैत १६ गते प्रधानमन्त्री र अर्थमन्त्री जाने सार्वजनिक कार्यक्रममा विरोध प्रदर्शन गर्ने
यी कार्यक्रमहरुमा सहभागिता जनाउने हुनाले सबै लगानीकर्ता साथीहरुलाई सक्रियतापूर्वक ब्यवस्थापनमा लागि दिनुहुन, अन्य लगानीकर्ता संघसंस्थाहरुलाई सहकार्य गर्न, शेयर दलाल र पूँजी बजारसम्बद्ध निकायहरुलाई ऐक्यबद्धता जनाई दिन र संचार संस्थाहरुलाई सकारात्मक संदेश प्रबाहमा सघाई दिनका लागि आग्रह गर्दछौ ।
अध्यक्ष हरि ढकाल/ महासचिव नयन बास्तोला