विप्लव नेकपाले गर्यो नेपाल बन्दको घोषणा, आयो कडा विज्ञप्ति



 

नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकार परिवर्तनकामी जनतामाथि फासिष्ट स्तरको दमनमा उत्रिएको भन्दै डटेर त्यसको प्रतिरोध गर्न आह्वान गरेका छन् ।

 

 

सरकारले चलाएको ‘फासिष्ट दमन’ कसैगरी सहन गर्न नसक्ने पनि महासचिव विप्लवले स्पष्ट पारेका छन् । सरकारले देशैभर संकटकालको झल्को दिने गरी दमन र गिरफ्तार श्रृंखला मच्चाएको भन्दै उनले बिहीबार कपिलवस्तुको शिवगढीमा भएको सशस्त्र प्रहरीसहितको हतियारबन्द टोलीले छापा मारेको र स्थानीय युवक दुर्गाबहादुर रोकालाई बिनाकारण गोली हानेर घाइते बनाएको जनाउँदै घटनाको घोर भत्र्सना गरेका छन् । रोकालाई घरबाट नियन्त्रणमा लिई गाउँ घुमाएर सुन्दरी डाँडा जंगलमा लगेर पुर्याई गोली हानेको समेत विज्ञप्तिमा उल्लेख छ ।

 

सरकारकोे दमन, सेना परिचालन, गोलीकाण्ड र ज्यादाति रोक्न, देशभरबाट गिरफ्तार नेकपाका नेता कार्यकर्तामाथि चलाएको अमानवीय यातना र झुठा मुद्दाविरुद्ध आउँदो फागुन ३० गते नेपाल बन्दको घोषणा समेत गरेका छन् । बन्द सफल बनाउन सबैसँग अपिल गरेका छन् । महासचिव विप्लवले शिवगढी जनताले गरेको सरकारको प्रतिरोधको प्रशंसा गर्दै प्रतिरोध देशैभरबाट अगाडि बढाउन अत्यावश्यक बनेको औल्याएका छन् ।

 

शिवगढी, राेल्पालगायत देशभर घटाइएका घटनाको निष्पक्ष अध्ययन, अनुगमन र सत्यतथ्य रिपोर्ट सम्प्रेषण गर्न संचारकर्मी, मानवअधिकारी, बुद्धिजीवि, नागरिक समाज, राजनीतिक दलहरुसँग आग्रह गरेका छन् ।

 

अखिल नेपाल महिला संज्ञ (क्रान्तिकारी) नेतृ बन्धु चन्द, अखिल नेपाल किसान संगठनका अध्यक्ष राजु कार्कीलगायत सयौं नेता कार्यकर्तालाई गिरफ्तार गरी यातना दिएको र झुठा मुद्दा चलाएको भन्दै तत्काल बन्द गर्न आग्रह गरेका छन् ।

 

‘गाउँगाउँमा सङ्कटकालको झल्को दिने गरी छापामार्ने, गिरफ्तार गर्ने, यातना दिने झूट्टा मुद्दा लगाउने कार्य गरिरहेको छ । हाम्रो पार्टी यो रक्तपिपाशु दमनको घोर भत्र्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘घाइते कमरेड दुर्गा रोकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यी सम्पूर्ण राज्यआतंक, दमन, गोलीकाण्ड, गिरफ्तारी, झूट्टा मुद्दाप्रति सबै राजनीतिक शक्ति, मानवअधिकार, नागरिक समाज, बुद्धिजीविको ध्यान जाओस् भन्ने आग्रह गर्दछौँ ।’

 

सरकारको फासिष्ट र नांगो दमनले नेपाली जनताले चलाएको स्वाधीनता र पूर्ण मुक्तिको क्रान्तिलाई रतिभर फरक नपर्ने, बरु देशभक्त र क्रान्तिकारीहरुलाई दृढ र निष्ठापूर्वक क्रान्तिलाई सफलतामा पुर्याउन प्रेरित गर्ने जिकिर विज्ञप्तिमा गरिएको छ ।

 

ने.क.पा. मुलुकमा चलिरहेको भ्रष्टचार, तस्करी, दलाली, अन्याय, बलात्कार, हिंसा र राष्ट्रघातका विरुद्ध शान्तिपूर्ण संघर्षमा जनताका साथमा अगाडि बढिरहेको स्पष्ट पार्दै महासचिव विप्लवले बरु सरकार त्यसको रक्षक बन्दै आएको बताएका छन् ।

 

सरकारले श्रमिक र मुक्तिकामी जनता र त्यसको नेतृत्व गरिरहेका पार्टीमाथि गर्ने दमन र गोली आतंकको प्रतिरोध गर्नु आपूहरुले कर्तव्य ठानेको पनि कुरा पनि उनले सगौरव उल्लेख गरेका छन् । दमनपछिको उत्पन्न परिणाम सरकारकै पराजय बन्ने पनि प्रष्ट्याएका छन् । ‘केपी–प्रचण्डले केही दिनदेखि धम्कीको भाषा बोल्न थालेको’ भन्दै उनले आपत्ति जनाएका छन् ।

 

घोषित कार्यक्रम अनुसार फागुन २५ र २६ मा प्रचार प्रसार, २७ गते देशभर कोण सभा, २८ गते र्याली, २९ गते साँझ मशाल जुलुस र ३० गते नेपाल बन्द रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
रुकुम पश्चिममा बस दुर्घटना, ९ जना घाइते

    काठमाडौंबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ रिठामा दुर्घटना

हामीसँग ३२ सीटको म्याजिक संख्या छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीसँग ३२ सीटको

एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित

     नेकपा एमाले इलामको ११ औं जिल्ला अधिवेशनले गणेश बराललाई अध्यक्षमा चयन

जनताको रोजाईको पार्टी एमाले : शंकर पोखरेल

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा एमाले जनताको रोजाइको पार्टी