हेलिकप्टर खसेको ठाउँ नपुगी फर्कियो अनुसन्धान समिति



हाम्रो इकोनोमि

 

ताप्लेजुङको सिस्नेखोलास्थित तारेभीरमा भएको हेलिकोप्टर दुर्घटनाको जाँचबुझका लागि गठित अनुसन्धान टोली दुर्घटनास्थलमै नपुगी फर्किएको छ ।

 

पूर्वपर्यटनसचिव यज्ञ प्रसाद गौतमको नेतृत्वमा आइतबार ताप्लेजुङ गएको छानबिन समितिको टोली घटनास्थलमै नपुगी काठमाडौं फर्किएको हो । आइतबार बिहान अवलोकनका लागि गए पनि छानबिन टोली पाथीभरा मन्दिरका पुजारी, स्थानीयवासी र प्रत्यक्षदर्शीसँग छलफल गरेर फर्किएको बताइएको छ ।

 

छानबिन समितिका सदस्यसचिव तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले मौसमका कारण दुर्घटनास्थलमा हेलिकोप्टर अवतरण गर्न नसकेपछि ‘एरियल भ्यू’मार्फत नै उक्त क्षेत्रको अवलोकन गरेर फर्किएको प्रतिक्रिया दिएका छन् ।

 

दुर्घटनास्थलमा हेलिकोप्टरको पछाडिको भाग मात्र बाँकी रहेको देखिएको र पछाडिको भाग अनुसन्धानका लागि त्यति उपयोगी नहुने लामिछानेले बताए ।

 

समितिले घटनास्थलको प्रकृति तथा स्थानीयहरुसँगको कुराकानीका आधारमा दुर्घटना मौसमकै खराबीका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । टोलीले चुहानडाँडा, पाथीभरालगायतका स्थानीय तथा प्रत्यक्षदर्शीसँग पनि कुराकानी गरेको छ। छानबिन समितले दुर्घटनास्थलमा अध्ययन र अनुसन्धानमा आवश्यक कुनै पनि पार्टपुर्जा र प्रमाण नभेटिएको निष्कर्षसमेत निकालेको छ ।

 

यही फागुन १५ गते ताप्लेजुङको सिस्नेखोलास्थित तारेभीरमा पर्यटनमन्त्री रबीन्द्र अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारी अंगरक्षक नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे र हेलिकोप्टरका पाइलट प्रभाकर केसी निधन भएको थियो ।

 

हेलिकोप्टर दुर्घटना भएकै दिन नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

 

समितिमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बाँस्तोला, नेपाली सेनाका अवकाशप्राप्त महासेनानी क्याप्टेन प्रमोद लामा र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिवको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...