कोरिया जाने नेपालीहरुको लागि कोरिया सरकारले ल्यायो खुसीको खबर



हाम्रो इकोनोमि

दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अनुसार नेपाली कामदार लगिरहेको कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोकेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।
वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ । कोरियामा कार्यरत विदेशी कामदारको मूल्याकंनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो ।

कोरियाले नेपालसहित १६ देशबाट प्रत्येक वर्ष ५० हजार कामदार आपूर्ति गर्छ । कामदार कोरिया जान ८ सय १५ अमेरिकी डलर (करिब ९१ हजार रुपैयाँ ) खर्च हुन्छ ।
‘अहिलेसम्मकै उच्च कोटा निर्धारण भएको पत्र प्राप्त भएको छ,’ ईपिएस कार्यालयका एक अधिकारीले भने, नियमित तालिकाअनुसार परीक्षा लिइनेछ ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...