इपिएस भाषा परीक्षा जेठ २६ र २७ गते



हाम्रो इकोनोमि

 

सरकारीस्तरमा दक्षिण काेरिया जान लिइने भाषा परीक्षा आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने जानकारी दिएकाे छ। वैदेशिक राेजगार विभागअन्तर्गत रहेकाे इपिएस काेरिया शाखाले सन् २०१९ मा काेरिया जानका लागि दिनुपर्ने भाषा परीक्षामा सामेल हुन चैत ८ देखि १७ सम्म फारम भर्न सकिने जनाइएको छ। फारम अनलाइन तथा देशका विभिन्न स्थानहरुमा भर्ने व्यवस्था मिलाइने शाखाले जनाएकाे छ।

 

सन् २००७ जुलाई २३ मा नेपाल र काेरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झाैता भएकाे थियाे। काेरियाली सरकारले सन् २००७ र २००८ गरी १५ देशसँग सरकारीस्तरमै कामदार लैजाने सम्झाैता गरेकाे थियाे।

 

सुरुवातमा कृषि, निर्माण र फिसिङ(मछुवार) गरी ३ वटा क्षेत्रमा कामदार लैजाने गरिएपनि हाल भने  कृषि, निर्माणमा मात्रै कामदार लगिँदै आएकाे छ।

 

हाल काेरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेकाे इपिएस काेरिया शाखाले जनाएकाे छ। काेरिया नेपाली कामदारका लागि सुरक्षित गन्तव्य देश मानिन्छ। काेरियामा प्रत्येक नेपालीले मासिक १ लाखभन्दा बढी रुपैयाँ कमाउँछन्।

 

सन् २०१८ मा भाषा परीक्षाका लागि ८२ हजार २ सय ६४ जना सहभागी भएकामा ७ हजार ९ सय ९६ जना उत्तीर्ण भएका थिए। जसमध्ये कृषिमा २ हजार ९ सय ६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...