शिक्षकबाटै १६ वर्षीया छात्रा बलात्कृत, यस्तो छ किशोरीको उजुरीमा



हाम्रो इकोनोमि

 

रुकुमका एक शिक्षकले आफैले पढाउने एक १६ वर्षीया छात्रालाई बलात्कार गरेका छन् ।

आफ्नै शिक्षकले बलात्कार गरेको छात्राको उजुरीपछि जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले २३ बर्षीय शिक्षक प्रकाश खड्कालाई पक्राउ गरेको छ ।

शिक्षक खडका जिल्लाको सानीभेरी गाउँपालिकामा रहेको राप्ती ज्ञानोदय माविका शिक्षक हुन् ।

उक्त विद्यालयमा पशु प्राविधिक विषय पढ्दै गरेकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिएका छन् ।

सोही विद्यालयमा पशु प्राविधिक पढाउँदै आएका खड्काले बालिकालाई बलात्कार गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गएको मंगलबार गाउँमा भैंसी बिरामी भएको र त्यसको उपचार गर्न भन्दै बालिकालाई मोटरसाइकलमा राखेर गएका शिक्षक खडकाले एकान्त जङ्गलमा लगि बलात्कार गरेको पीडितले प्रहरी समक्ष दिएको उजुरीमा जनाइएको छ ।

पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...