शिक्षकबाटै १६ वर्षीया छात्रा बलात्कृत, यस्तो छ किशोरीको उजुरीमा



हाम्रो इकोनोमि

 

रुकुमका एक शिक्षकले आफैले पढाउने एक १६ वर्षीया छात्रालाई बलात्कार गरेका छन् ।

आफ्नै शिक्षकले बलात्कार गरेको छात्राको उजुरीपछि जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले २३ बर्षीय शिक्षक प्रकाश खड्कालाई पक्राउ गरेको छ ।

शिक्षक खडका जिल्लाको सानीभेरी गाउँपालिकामा रहेको राप्ती ज्ञानोदय माविका शिक्षक हुन् ।

उक्त विद्यालयमा पशु प्राविधिक विषय पढ्दै गरेकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिएका छन् ।

सोही विद्यालयमा पशु प्राविधिक पढाउँदै आएका खड्काले बालिकालाई बलात्कार गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गएको मंगलबार गाउँमा भैंसी बिरामी भएको र त्यसको उपचार गर्न भन्दै बालिकालाई मोटरसाइकलमा राखेर गएका शिक्षक खडकाले एकान्त जङ्गलमा लगि बलात्कार गरेको पीडितले प्रहरी समक्ष दिएको उजुरीमा जनाइएको छ ।

पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...