उपचार गर्न आएका बालकलाई थप्पड हान्ने डाक्टर पक्राउ



हाम्रो इकोनोमि

 

उपचार गर्न अस्पताल पुगेका बालकलाई थप्पड हानेको अभियोगान चिकित्सक पक्राउ परेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका दन्त चिकित्सक डा. हेमन्त पाठकले दाँतको गिंजामा घाउ आएपछि उपचार गर्न आएका ७ वर्षीय अभिनव विकलाई गालामा झापड हानेका थिए ।

डाक्टरले बालकलाई पिटेपछि आफरुन्त र अन्य विरामीका आफन्तले चिकित्सकलाई कारवाहीको माग गर्दै अस्पताल घेराउ र नाराबाजी गरेका थिए ।

 

आक्रोशित भीडले अस्पताल प्रशासन घेरेपछि प्रहरीले डा. पाठकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलमा पुराएको प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।

डाक्टरको पिटाईबाट बालकको गालामा रातो डाम देखिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...