जुनसुकै क्यान्सरको पनि उपचार यहाँ १००% गर्छु : कमलराज जोशी, बैद्य पढ्नुहोस पुरा



हाम्रो इकोनोमि

 

नेपालको नामी वकिल बन्ने उद्देश्य बोकेर बझाङबाट काठमाडौं छिरेका थिए ।

नेपाल ल क्याम्पसबाट बीएल गरेका उनले डिल्लीबजारमा ल फर्म पनि खोले ।

केही समय वकालत गरेपछि उनलाई वकालती पेशामा मन लागेन, उनी आफ्नै गाउँ फर्किए । कमलराजका हजुरवुवा बझाङका राजगुरु थिए ।

बझाङमा उनले गुरुकुल चलाएका थिए । गुरुकुलमा बास्तु, ज्योतिष, पुराणलगायत विभिन्न विषयमा पढाई हुन्थ्यो ।

कमलले पनि हजुरबुवासंग विभिन्न विषयमा अध्ययन गरेका थिए । वकालती काम छाडेका उनले गाउँमा गएर परम्परागत उपचार पद्धती र जडिबुटीका बारेमा अध्ययन गरे ।

अध्ययनकै क्रममा उनी भारतका विभिन्न स्थानमा पनि पुगे । उनले क्यान्सर रोगले थला परेका विरामीहरुको कल्पसनद पद्धतीबाट उपचार सुरु गरे । उनले हजुरबुवाबाट सिकेका सीप भारतमा प्रयोग गरे ।

भारतमा सफल रुपमा उपचार गरेपछि उनी २०६१ मा काठमाडौं आए र यहाँ पनि उपचार सुरु गरे । उनले अस्पतालमै राखेर क्रोनिक रोगको उपचार गरे ।

उनले उपचार गरेका २५ विरामीमध्ये २३ विरामीको सफल रुपमा उपचार गरे । नेपालमा मात्र होइन, भारतमा पनि उनले क्यान्सरलगायत कोमामा पुगेका विरामीको पनि चमत्कारिक रुपमा उपचार गरेर ब्यूँताए ।

उनले परम्परागत कल्पसनद पद्धतीबाट लिवियाका सेना प्रमुखको छोराको बंशानुगत रोगको उपचार गरे । भारतीय काउन्सिलरले नै कमलराज जोशीमार्फत उपचार गरिने भनेर भिसा दिएको थियो ।

अहिले संसारमा नै उपचार नभएको ड्युचिनी मस्कुलर डिस्टोर्फी (डीएमडी) को उपचार गरिरहेका छन् । गत बैशाखमा सुरु भएको उपचार विनासकारी महाभूकम्पका कारण ८ महिना रोकिन पुग्यो ।

उनले अहिले त्यही उपचारलाई भक्तपुर साँगास्थित हिलटेक रिसोर्टमा पुनः सुरु गरेका छन् ।

परम्परागत पद्धतीबाट अप्रत्यासित र चमत्कारिक उपचार गर्दै आएका जोशीसंग गरिएको कुराकानी :

० कल्पसनद कस्तो पद्धती हो ? कल्पसनद परम्परागत र नेपालको मौलिक पद्धती हो । आयुर्वेदिक नेपाल र भारतको एउटै भए पनि हामीभन्दा भारतीय धेरै अगाडि छन् । तर कल्पसनद पद्धतीमा हामी अगाडि छौं ।

अंगिसर ऋषिले प्रतिपादन गरेको यो पद्धतीलाई अंगिसर सिद्धान्त पनि भनिन्छ ।

यो पद्धतीले अहिलेका बैज्ञानिक पद्धतीले काम गर्न सकेको छैन । यही पद्धतीलाई संसारमा चिनाउन हामीले काम गरिरहेका छौं ।
० कल्पसनद पद्धतीले कस्ता रोग ठीक पार्छ ? कल्पसनद पद्धतीले टक्सिन रोगहरु निको पार्छ ।

खासगरी वंशानुगत विष रोगहरु यस पद्धतीबाट उपचार गरिन्छ । यी रोगको उपचारका लागि “वृचितौ जङ्गिड भवेत” सिद्धान्त लागू गरिएको हुन्छ । यसमा औषधिहरु शरीरमा लगाउने र खाने दुवै गरिन्छ ।

शरीरमा औषधि लगाएपछि शरीरभित्र रहेका विकारहरुलाई बाहिर फाल्छ ।

पञ्चमहाभूतको सिद्धान्त योग, वियोग र सापेक्षताको नियमले कल्पसनद उपचार पद्धतीमा औषधिले काम गर्छ ।
० डीएमडी रोगको उपचार पनि सुरु गर्नुभएको छ, होइन ? अहिले हामीले भक्तपुरको साँगामा डीएमडी रोगको शिविर राखेका छौं ।

शिविरमा १० बर्षका दुई बालकको उपचार भइरहेको छ । राष्टिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र सञ्चार माध्यमलाई आमन्त्रण गरेर डीएमडी रोगको उपचार सुरु गरेका छौं ।

नेपालका बरिष्ठ चिकित्सकहरुले नियमित रुपमा विरामीको जाँच गरिराख्नु भएको छ ।

व्यवस्थापिका संससदको महिला, बालबालिका तथा जेष्ठ नागरिक समितिले कीर्तिपुरमा रहेको चीन सरकारले निर्माण गरिदिएको आर्युवेद अनुसन्धान भवन हामीलाई दिन सरकारलाई निर्देशन दिएको छ ।

कीर्तिपुरको भवन सरकारले उपलब्ध गराएपछि डीएमडीलगायत क्यान्सर रोगको समेत उपचार पनि सुरु गर्नेछौं ।
० हरेक प्रकारका क्यान्सर ठीक हुन्छ ? अहिलेसम्म उपचार गरेका सबै किसिमका क्यान्सर ठीक भएको छ ।

नेपाल र भारत सरकारले दिएका विरामी हामीले ठीक गरेका छौं । यो रेकर्ड हामीसंग छ । क्यान्सर मुख्यतः विष रोग हो ।

विष रोग ७ किसिमका छन् । पहिले त्यो कुन विष हो भनेर पत्ता लगाउनु पर्छ । विष पत्ता लागेपछि त्यो विषलाई कुन औषधिले ठीक पार्छ त्यो औषधि दिनुपर्छ ।

० औषधिहरु चाहिँ कहाँबाट संकलन गर्नुहुन्छ ? सबै परम्परागत औषधिको प्रयोग भइरहेको छ ।

यी औषधि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट संकलन गरिन्छ । केही हिउँदमा संकलन गर्नुपर्ने औषधि छ भने केही बर्षायाममा संकलन गर्नुपर्छ ।

नेपालका पहाड, हिमाल र तराई क्षेत्रमा जडिबुटी संकलन गरी मिश्रण गरेर प्रयोग गरिरहेको छ ।

एउटा टोलीले जडिबुटी संकलन गरिरहेको छ भने अरु बैद्यहरुले साँगामा डीएमडीको उपचार गरिरहेका छन् ।

यस बाहेक नेपालबाट संकलन गरेर पठाएको जडिबुटीबाट भारतमा औषधि निर्माण भइरहेको छ ।

त्यहाँ तयार भएका औषधिलाई एउटा ब्राण्ड दिएर नेपालमा बिक्रीवितरण गर्ने योजना बनाएका छौं ।

० क्यान्सरको उपचारका लागि र डीएमडीका लागि कति खर्च लाग्छ ? अहिले हामी सिष्टममा चलिसकेका छैनौं ।

एउटा औषधि लिन पनि पहाडी जिल्लामा पुग्नुपर्ने बाध्यता छ । उसलाई व्यवसायिक बनाउन सकेमा निकै सस्तोमा क्यान्सरको उपचार हुन सक्छ ।

सामान्यतया एउटा विरामीका लागि ४–५ लाख रुपैयाँ लाग्छ । तर डीएमडीको उपचार अलि महंगो छ । औषधिहरु धेरै लाग्छ ।

यसका लागि करिव १०–१५ लाख रुपैयाँ खर्च लाग्छ ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...