गाउँपालिका अध्यक्षको गाडीमा अज्ञात समूहद्धारा आगजनी



हाम्रो इकोनोमि

 

रोल्पाको गंगादेव गाउँपालिका अध्यक्ष बिरबहादुर खत्रीले प्रयोग गर्दै आएको गाडीमा गएराती अज्ञात समूहले आगजनी गरेको छ ।

अध्यक्ष बिरबहादुर खत्रीले वडा कार्यालयमा पार्कीङ गरीराखेको भे १ ज २७८५ नम्बरको बोलेरो जीपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

गंगादेव गाउँपालिका ४ म्वालेखोलामा हिजोदेखि सुरु भएको स्थानीय मेलाको उद्घाटन गरी सोही स्थानमा बास बसेका अध्यक्ष खत्रीले उक्त गाडी भाडामा लिएर कार्यालयको काममा प्रयोगमा गर्दै आएका थिए ।

उक्त घटना कस्ले कसरी घटायो भन्ने बारे अनुसन्धान भइरहेको रोल्पाका प्रहरी नायब उपरिक्षक दिपक खड्काले जानकारी दिएका छन ।

यस्तै रोल्पाको त्रिवेणी गाउँपालिकाको गाडीमा पनि गएराती तोडफोडको प्रयास भएको छ ।

अज्ञात समूहले ढुङ्गा प्रहार गर्दा गाउँपालिकाको गाडीको सिसा फुटेको प्रहरीले जनाएको

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...