भुटेको मकै खान जान्नुभयो भने कोलस्ट्रोल-क्यान्सरबाट बचाउँछ, बुढ्यौली रोक्छ !



हाम्रो इकोनोमि

 

गाउँघरतिर सजिलो र सहज नास्ता हो, भुटेको मकै । अहिले शहरियाको जिब्रो पनि भुटेको मकैमा लोभिएको छ ।

फिल्म हल वा रेष्टुराँमा खाइने पपकर्न पनि भुटेको मकै नै हो । तर, गाउँघरको रैथाने मकै र फिल्म हलमा खाइने पपकर्न केहि भिन्न छन् ।

बाहिरको पपकर्न भन्दा घरमै भुटेको मकै स्वस्थकर हुने विशेषज्ञहरु बताउँछन् । मकैमा धेरै तेल वा घिउ प्रयोग गर्न नहुने उनीहरुको सल्लाह छ ।

मकैमा लसुन र मरिचको धुलो हालेर खाँदा मुटु बलियो हुने पनि विशेषज्ञहरुको राय छ ।

भुटेको मकै तुलनात्मक रुपमा सस्तो खाजा हो । पकाउन समय लाग्दैन । झन्झटिलो पनि हुँदैन । एकातिर मिठो, अर्कोतिर स्वस्थ्यकर । किन नखाने त भुटेको मकै ?

यति धेरै पोषकतत्व भुटेको मकैमा : भुटेको मकैमा धेरै मात्रामा फाइबर, पोलिफेनोलिक कम्पाउन्ड, एन्टिअक्सिडेन्ट, भिटामिन बी कम्प्लेक्स, म्यागनिज र म्यागनेसियम जस्ता प्रभावशाली तत्वहरु पाइन्छन् ।

भुटेको मकैबाट स्वास्थ्यमा हुने फाइदाहरु हामी तल उल्लेख गर्दैछौं ।

कोलस्ट्रोल कम गर्ने : भुटेको मकैमा प्रशस्त फाइबर हुन्छ जसले अत्यधिक कोलस्ट्रोललाई घटाएर रगतका धमनीहरुलाई फराकिलो बनाउँछ ।

यसबाट हार्ट अट्याकको सम्भावना कम हुन्छ ।

क्यान्सरबाट बचाउँछ : भुटेको मकैमा धेरै मात्रामा पोलिफेनोलिक यौगिक हुन्छ जुन सबेभन्दा शक्तिशाली एन्टिअक्सिडेन्ट हो ।

यसको शरीरमा निकै आवश्यकता पर्छ । एन्टिअक्सिडेन्टले क्यान्सर पैदा गर्ने फ्रि रेडिकल्सबाट मुक्ति दिलाउँछ ।

बुढ्यौली रोक्छ : भुटेको मकै खानाले बुढेसकाल लागेसँग अनुहारमा आउने चाउरी, अन्धोपन, मांशपेशीहरुको कमजोरी, कपाल झर्ने समस्या आदि सबै दुर हुन्छन् । यसले स्वास्थ राख्छ ।

मोटोपना घटाउँछ : भुटेको मकैमा केवल ३० क्यालोरी मात्रै प्राप्त हुन्छ जुन आलूको चिप्सको समान मात्राभन्दा लगभग ५ गुणा कम हो ।

यसभित्र रहने तेल पनि शरीरका लागि फाइदाजनक हुन्छ ।

हड्डी मजबुत बनाउँछ : भुटेको मकैमा म्यागनिज पर्याप्त मात्रामा पाइन्छ जसले हड्डीलाई मजबुत बनाउन सहयोग गर्छ । भविष्यमा ओस्टेपोरोसिस, एथ्रिटिस र ओयस्ट्रोआथ्रिसिसबाट पनि यसले बचाउँछ ।

आइरनको प्रचुरता L एक वयस्क पुरुषलाई प्रति दिन ८ एमजी आइरन र वयस्क महिलालाई प्रतिदिन १९ एमजी आइरनको आवश्यकता पर्छ । २८ ग्राम पप कर्नमा लगभग ०.९ मिलीग्राम आइरनको मात्रा हुन्छ । भुटेको मकै पर्याप्त खाने हो भने आइरनको गोली खाइरहनु पर्दैन ।

मधुमेहका रोगीलाई लाभकारी : भुटेको मकैमा फाइबर हुन्छ जसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ । जब शरीरमा पर्याप्त फाइबर हुन्छ, यसले ब्लड सुगर र इन्सुलिनको स्तरलाई नियमित गर्छ । त्यसैले मधुमेहका रोगीहरुलाई भुटेको मकै खाने सल्लाह दिइन्छ ।

प्रतिक्रिया दिनुहोस
पूर्व सभापति देउवालाई स्वागत छ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिको बैठकबाट पूर्व सभापति शेरबहादुर...

पार्टी एकताका लागि देउवाको आव्हान

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन्। करिब...

नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र त हुँदै छैन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र...

बाजागाजासहित देउवालाई स्वागत गर्न ७ हजार नेता-कार्यकर्ता सडकमा

    नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले आज...