गुडिरहेको जीपको टायर पड्किँदा दुईको मृत्यु, तीन घाइते



हाम्रो इकोनोमि

 

गुडिरहेको जीपनको टायर पड्किँदा तनहुमा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गको घाँसीकुवास्थित जीप दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ । तीन जना घाइते छन् ।

छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीपको टायर पड्किँदा बन्दीपुर नगरपालिका–३ रामकोटका ७५ वर्षीय बुद्धिबहादुर थापा र जीप चालक व्यास नगरपालिका–१४ केशवटारका ३५ वर्षीय बिमल घर्तीमगरको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते उनीहरुलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।
प्रहरीका अनुसार द्रुत गतिमा रहेको जीपको अगाडिको टायर पड्किएपछि असन्तुलित भई सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । दुर्घटनामा अरु तीन जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...