गुडिरहेको जीपको टायर पड्किँदा दुईको मृत्यु, तीन घाइते



हाम्रो इकोनोमि

 

गुडिरहेको जीपनको टायर पड्किँदा तनहुमा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गको घाँसीकुवास्थित जीप दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ । तीन जना घाइते छन् ।

छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीपको टायर पड्किँदा बन्दीपुर नगरपालिका–३ रामकोटका ७५ वर्षीय बुद्धिबहादुर थापा र जीप चालक व्यास नगरपालिका–१४ केशवटारका ३५ वर्षीय बिमल घर्तीमगरको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते उनीहरुलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।
प्रहरीका अनुसार द्रुत गतिमा रहेको जीपको अगाडिको टायर पड्किएपछि असन्तुलित भई सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । दुर्घटनामा अरु तीन जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...