दुलहा आए, दाइजोमा १ रुपैयाँ लिए र हेलिकोप्टरमा दुलही राखेर बिदा भए



हाम्रो इकोनोमि

 

दाइजोका लागि महिलालाई प्रताडित गरेको, जलाएको, मारेको बारे विभिन्न समाचार हामीले सुन्ने गरेका छौं ।

तर भारतमा एक व्यक्तिले यस्ता उदाहरणीय काम गरेका छन् जसले परम्परावादी सोच राख्नेहरुलाई गतिलो झापड हानेका छन् र

भारतको हरियाणामा एउटा जिल्ला छ सोनीपत । त्यहाँ केही दिन अघि हसनगढमा एउटा विवाह भएको थियो ।

विवाह निकै विशेष रह्यो, किन ? किनभने दुलहाको परिवारले १ रुपैयाँ मात्र लिएका थिए । त्यो पनि सगुनको रुपमा । त्यसबाहेक दुलहीको विदाई डोली वा कारमा नभई हेलिकोप्टरमा भयो ।

दुलहीको नाम हो सन्तोष । सन्तोषका पिता सतबीर मजदुर हुन् । २०१९ फेब्रुअरी १० मा सन्तोषको विवाह हाँसीको रापुरा गाउँको संजयसँग भयो ।

संजयको परिवारले विवाह अघि नै आफूलाई दाइजोमा केही पनि नचाहेको बताएका थिए ।

यस्तै, त्यही गाउँको आहुलानामा पनि यस्तै प्रकृतिको विवाह भयो । त्यहाँ एकै परिवारका दुई छोरीको विवाह भयो ।

दैनिक भास्करको एक रिपोर्ट अनुसार आहुलानाका पवन शर्मा जो व्यावसायीक रुपमा सुरक्षाकर्मी हुन् ।

उनले आफ्ना दुई छोरी निशा र काजलको विवाह गराइन् । फेब्रुअरी २६ मा उनीहरुको विवाह भयो । भिवानी जिल्लाको केहरपुरा गाउँका दुई भाइ प्रविण र राजकुमारले निशा र काजललाई विवाह गरेका हुन् ।

दाइजोको सगुनमा उनीहरुले पनि एक रुपैयाँ लिए । र उनीहरुले पनि आफ्नी दुलहीलाई हेलिकोप्टरमा लिएर गए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...