दुलहा आए, दाइजोमा १ रुपैयाँ लिए र हेलिकोप्टरमा दुलही राखेर बिदा भए



हाम्रो इकोनोमि

 

दाइजोका लागि महिलालाई प्रताडित गरेको, जलाएको, मारेको बारे विभिन्न समाचार हामीले सुन्ने गरेका छौं ।

तर भारतमा एक व्यक्तिले यस्ता उदाहरणीय काम गरेका छन् जसले परम्परावादी सोच राख्नेहरुलाई गतिलो झापड हानेका छन् र

भारतको हरियाणामा एउटा जिल्ला छ सोनीपत । त्यहाँ केही दिन अघि हसनगढमा एउटा विवाह भएको थियो ।

विवाह निकै विशेष रह्यो, किन ? किनभने दुलहाको परिवारले १ रुपैयाँ मात्र लिएका थिए । त्यो पनि सगुनको रुपमा । त्यसबाहेक दुलहीको विदाई डोली वा कारमा नभई हेलिकोप्टरमा भयो ।

दुलहीको नाम हो सन्तोष । सन्तोषका पिता सतबीर मजदुर हुन् । २०१९ फेब्रुअरी १० मा सन्तोषको विवाह हाँसीको रापुरा गाउँको संजयसँग भयो ।

संजयको परिवारले विवाह अघि नै आफूलाई दाइजोमा केही पनि नचाहेको बताएका थिए ।

यस्तै, त्यही गाउँको आहुलानामा पनि यस्तै प्रकृतिको विवाह भयो । त्यहाँ एकै परिवारका दुई छोरीको विवाह भयो ।

दैनिक भास्करको एक रिपोर्ट अनुसार आहुलानाका पवन शर्मा जो व्यावसायीक रुपमा सुरक्षाकर्मी हुन् ।

उनले आफ्ना दुई छोरी निशा र काजलको विवाह गराइन् । फेब्रुअरी २६ मा उनीहरुको विवाह भयो । भिवानी जिल्लाको केहरपुरा गाउँका दुई भाइ प्रविण र राजकुमारले निशा र काजललाई विवाह गरेका हुन् ।

दाइजोको सगुनमा उनीहरुले पनि एक रुपैयाँ लिए । र उनीहरुले पनि आफ्नी दुलहीलाई हेलिकोप्टरमा लिएर गए ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...