मृतक सैनिक अर्जुन घिमिरेको घरमा पुगेर प्रधानसेनापतिले जब आमालाई सल्यूट गरे



हाम्रो इकोनोमि

 

ताप्लेजुङग हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका नेपाली सेनाका जमदार अर्जुन घिमिरेको शोकसन्तप्त परिवारसँग प्रधानसेनापति पुर्णचन्द्र थापाले भेट गर्नुभएको छ ।

मृतक सैनिक घिमिरेको निवासमा पुगी प्रधानसेनापति थापाले समवेदना प्रकट गर्नुका साथै परिवारजनलाई सान्त्वना दिनुभएको थियो ।प्रधानसेनापति जमदारको घरमा पुग्दा उहाँकी आमाले नमस्कार गर्नुभयो ।

प्रधानसेनापतिले आमालाई सल्यूट गर्नुभयो । आमाले केही भएपनि सान्त्वना पाएको महसुस गर्नुभएको थियो ।

घिमिरे मन्त्री रविन्द्र अधिकारीका अंगरक्षक हुनुहुन्छ । २०५८ सालमा सैनिक सेवामा प्रवेश गर्नुभएका उहाँ १० भदौदेखि मन्त्री अधिकारीको गार्ड कमाण्डर भएर खटिनुभएको थियो ।

२०३९ सालमा जन्मिएका घिमिरेको स्थायी घर रामेछापको साविक गुम्देल गाविस–७, हाल उमाकुण्ठ गाउँपालिका १ मा छ। उहाँले राजधानीको कीर्तिपुरमा पनि घर बनाउनुभएको छ ।

उहाँकी श्रीमती शैलु र १० वर्षीय छोरा असिम हुनुहुन्छ । घिमिरे केही वर्ष अघि सेनाको शान्ति मिसनमा पनि गएर सेवा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...