मृतक सैनिक अर्जुन घिमिरेको घरमा पुगेर प्रधानसेनापतिले जब आमालाई सल्यूट गरे



हाम्रो इकोनोमि

 

ताप्लेजुङग हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका नेपाली सेनाका जमदार अर्जुन घिमिरेको शोकसन्तप्त परिवारसँग प्रधानसेनापति पुर्णचन्द्र थापाले भेट गर्नुभएको छ ।

मृतक सैनिक घिमिरेको निवासमा पुगी प्रधानसेनापति थापाले समवेदना प्रकट गर्नुका साथै परिवारजनलाई सान्त्वना दिनुभएको थियो ।प्रधानसेनापति जमदारको घरमा पुग्दा उहाँकी आमाले नमस्कार गर्नुभयो ।

प्रधानसेनापतिले आमालाई सल्यूट गर्नुभयो । आमाले केही भएपनि सान्त्वना पाएको महसुस गर्नुभएको थियो ।

घिमिरे मन्त्री रविन्द्र अधिकारीका अंगरक्षक हुनुहुन्छ । २०५८ सालमा सैनिक सेवामा प्रवेश गर्नुभएका उहाँ १० भदौदेखि मन्त्री अधिकारीको गार्ड कमाण्डर भएर खटिनुभएको थियो ।

२०३९ सालमा जन्मिएका घिमिरेको स्थायी घर रामेछापको साविक गुम्देल गाविस–७, हाल उमाकुण्ठ गाउँपालिका १ मा छ। उहाँले राजधानीको कीर्तिपुरमा पनि घर बनाउनुभएको छ ।

उहाँकी श्रीमती शैलु र १० वर्षीय छोरा असिम हुनुहुन्छ । घिमिरे केही वर्ष अघि सेनाको शान्ति मिसनमा पनि गएर सेवा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...