विहान क्याम्पस हिडेकी दिव्या पोखराको फेवातालमा मृत फेला



हाम्रो इकोनोमि

 

पोखराको फेवातालमा एक युवतीको शव भेटिएको छ ।

पोखरा ६ स्थित गौरीघाट फेवातालमा तैरिएर रहेको अबस्थामा एक युवतीको शव भेटिएको कास्की प्रहरीले जनाएको छ ।

कास्कीको अन्नपुर्ण गाँउपालिका २ स्थित ढिकुरपो खरीकी १९ बर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अबस्थामा प्रहरीले उनको शव भेटेको हो ।

नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आज विहानै क्याम्पस जानको लागि घरबाट हिडेको बताइएको छ ।

किनार नजिकै फेवातालमा घोप्टो परेको अवस्थामा उनलाई भेटिएको शाहले बताए ।

फेवाताल किनारा देखि करिब ५ मिटर नजिक तालमै तैरिएको अबस्थामा उनको शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख एवं (डि.एस.पी.) कोमल शाहले बताए ।

उनको शव हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमको शव गृहमा पोष्माटमको ला गि राखिएको प्रहरी हवल्दार सुजन घिमिरेले बताए ।

गौरीघाटमा एउटा स्कुटर समेत भेटिएको र अधिकारीको साथमा रहेको चावी उक्त स्कुटरकै भएको बताइएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख एस.पी.ओम बहादुर रानाले बताए ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...