हार्दिक अपील।। सके पैसाले सहयोग नसके कमसेकम एक सेयर गरेर सहयोगी हातसम्म पुर्याउ



हाम्रो इकोनोमि

 

१२ वर्षिया वर्षा विकलाई हातमा कपी कलम बोकेर अन्य साथीहर जस्तै तन्दुरुस्त भएर स्कुल जाने रहर छ ।

तर, उनको रहर फक्रने शरीर भने विगत लामो समयदेखि महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालको बेड नम्बर ९०६ मा ‘बाँच्ने’ सपना देखिरहेको छ ।

गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नम्बर ३ पानी टंकी घर भएकी वर्षाको दुवै मृगौला फेल भएपछि उनलाई शिक्षण अस्पताल भर्ना गरिएको हो ।
गाउँमै ज्याला मजदुरी गरेर जिविको पार्जन गर्दै आएका वर्षाको परिवारलाई उपचार गर्न आर्थिक अभाव छ ।

करिब २ महिना अघि बैदेशिक रोजगारीको शिलशिलामा दुबई पुगेका उनका बुवा चन्द्र बहादुर बिक बिदेश जाँदा लागेकोे ऋण समेत तिर्न नपाँदै घर फर्किर्नु पर्यो ।

उनी घर बनाउँदा लागेको ऋण र छोराछोरीको पढाई खर्च जुटाउनका लागि बिदेश गएका थिए ।

तर दुबई पुगेको केही दिनमै छोरीको दुवै मृगौला फेल भएको र डायलाइसिस गर्नुपर्ने खबर सुनेपछि उनी आत्तिए ।

वर्षाकी आमा सिता विकले रुँदै फोन गरेपछि चन्द्र बहादुर घर फिरेका थिए छोरी बचाउने अभिप्सा पालेर ।

तर छोरीको उपचारमा गाउँबाट खोजेर ल्याएको ऋण समेत सकिएपछि भने आर्थिक अवस्थाकै कारण बचाउन नसकिने हो की भन्ने चिन्ताले परिवारलाई सताएको छ ।

शिक्षण अस्पतालले वर्षाको दुवै मृगौला काम नलाग्ने गरी विग्रीएको ‘इन्ड स्टेज रेनल डिजेज’ अर्थात मृगौला विग्रेर अन्तिम स्थितिमा पुगेको र उक्त उपचारमा धेरै खर्चिलो हुने सिफारिस गरेको छ ।
गत साउन १६ गते भर्ना भएकी उनको मृगौला उपचारका लागि डायलायसिस वा प्रत्यारोपण गर्नुपर्ने त्रिवि शिक्षण अस्पतालका बाल रोग तथा मृगौला रोग विशेषज्ञ डा. दमनराज पौडेलले बताएका छन् ।

‘उहाँको रिपोर्टहरु अध्ययन गर्दा उहाँलाई लामो समयदेखि मृगौला रोगको उपचारका लागि डायलायसिस वा मृगौला प्रत्यारोपण गर्नुपर्ने देखिन्छ,’ त्रिवि शिक्षण अस्पतालद्वारा लिखित सिफारिसमा भनिएको छ,‘उक्त उपचार पद्दत्ति धेरै खर्चिलो हुने गर्दछ । कुनै संघ संस्थाबाट सहयोग भएमा उहाँको उपचारमा मद्दत पुग्ने देखिन्छ ।’

छोरी बचाउने सपना बोकेर नेपाल फिरेका चन्द्र बहादुरलाई उपचार खर्च जुटाउने पिरलो छ । ‘छोरीको रोग भन्दा पनि उपचारमा लाग्ने खर्च जुटाउन सकुँला जस्तो छैन । छोरीलाई बचाउन पाए हुन्थ्यो,’ चन्द्रले दियोपोस्टसँग भने,‘म आफै बेचिएर भएपनि छोरीलाई बचाउन चाहान्छु ।’

उनलाई बचाउनका लागि करिब १५ देखि १८ लाख रुपैयाँसम्म खर्च लाग्ने डाक्टरले बताउँदै आएका छन् ।

अस्पताल प्रशासनले भनेजति रकम जुटाउन चन्द्र बहादुर दम्पतीलाई मुस्किल छ ।

“सम्पतीको नाममा गाँउमा रहेको एउटा सानो घर र पाखो बारी मात्रै हो । बेचेरै उपचार खर्च जुटाउ भने पनि त्यसको कुनै मुल्य छैन” पीडा पोखे ।

१५ दिन यता दिनहुँ डायलासिस गर्नु परेको छ । डाइलासिस फ्री भनिए पनि अन्य औषधी आफैले किन्नु पर्ने भएकाले खर्च जुटाउन गाह्रो भएकोे उनले बताए ।

उपचारका लागि रकम जुटाउन नसकेको भन्दै चन्द्र बहादुरले छोरीलाइ उपचार नै नगरी घर फर्काउनुको बिकल्प नरहेको बाध्यता सुनाए । भन्छन्–“बिहान बेलुकीे हातमुख जोर्न समस्या हुने हामी जस्ता गरिबलाई ठुलो रोग नलागे नि हुने ।” आफ्नै आँखा अगाडी छोरी छट्पटाएको देख्दा चन्द्र बहादुर दम्पतीलाई असैह्य पीडा हुने गर्छ । तर, सहनुको बिकल्प छैन उनीहरुलाई ।

गाँउकै स्थानीय स्कुलमा कक्षा ५ मा पढ्दै गरेकी वर्षा पढाइमा अव्वल थिइन् । आफुलाई अस्पतालमा के कारणले राखेको हो भन्ने समेत उनलाई हेक्का थिएन । डाक्टर र अभिभावकको कुरा सुनेर आफ्नो रोगको बारेमा थाहा पाएकी उनलाई छिट्टै निको भएर घर फर्किने रहर छ । त्यो भन्दा बढी रहर त आफ्ना साना २ जना भाइहरुलाई हातमा समातेर स्कुल जाने र साथीहरु संग खेल्ने रहर छ ।

तर उनका सपनामाथि रोग पहाड बनेर उभिएको छ । जीवन मरणको दोसाँधमा उभिएकी वर्षालाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ । ‘पढेर असल मान्छे’ बन्ने उनको सपना अझै मरेको छैन । अस्पतालको बेडमा आफ्ना स्कुलका सहपाठीलार्ई निकै सम्झिन्छिन् उनी । स्कुल जाने र पढाई पुरा गर्ने रहर पनि उत्तिकै छ । अस्पतालको शैयामै किताव छेउमा राखेर खाफ्नो यस्तो अवस्थामा १२ वर्षकै कलिलो उमेरमा बर्षा बिक अस्पतालको बेडमा जीवन मरणको दोसाँधमा छिन ।

‘म बाँच्न चाहान्छु । साथीहरुसँगै स्कुल जान चाहान्छु,’ वर्षाले भावुक हुँदै भनिन्,‘मलाई बचाइदिनुस् ।’

(नोट : वर्षालाई सहयोग गर्न चाहानेहरुले वर्षाकी आमा सिता विकको मोबाइल नम्बर ९८४७३७४९८१ मा सम्पर्क गर्नसक्नु हुनेछ ।)

(वर्षाका बुवा चन्द्र बहादुर विकको नाममा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर ३३०७०१००४०१४१ मा सिधै रकम जम्मा गरिदिन सक्नुहुनेछ ।)
“तपाई सयोग गर्न चाहादा चाहदै सक्नु भएन तर एक सेयर अवश्य गर्नुहोस जसले सयोग गर्न चाहने मन सम्म पुग्न सायता मिल्ने छ।” फेसबुकबाट साभार

प्रतिक्रिया दिनुहोस
कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...