आमाले डस्टबिनमा फालेको बच्चाको शिशिर भण्डारीले जिम्मा लिए ! सबैले हेरौं र शेयर गरौ (भिडियो हेर्नुस)



हाम्रो इकोनोमि

 

केहि समयअघि पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा एउटा बच्चा भेटिए । छिनमै खबर फैलियो।

त्यसको सुइँको ‘नेपाल स्नेही काख’ नामक संस्थाले पनि पायो। र, बच्चाको अवस्था बुझ्न संस्थाको टोली पशुपति पुग्यो।

डस्टबिनमा भेटिएको बालक करिब २० दिनका जस्ता देखिन्थे। ‘शरीर पूरै कालो बनेको थियो। रगत जमेजस्तो।

आँखाबाहिरै निस्किएका थिए’, स्नेही काखकी संस्थापक अध्यक्ष नेहा पोखरेलले भनिन् ।

मानसिक सन्तुलन बिग्रिएर सडकमा पुगेका व्यक्ति तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाले डस्टबिनमा भेटिएका बालकको संरक्षण गर्न लियो।

त्यति मात्र होइन, उनको नामकरण पनि गरिदियो— भविष्य। अहिलेसम्म ती बालककी आमा भेटिएकी छैनन्।

तर, फोहोरको थुप्रोमा भेटिएकै दिनदेखि भविष्यकी आमाको जिम्मेवारी सम्हालेकी छन्, पोखरेलले।

बालकको रेखदेख एवं पालनपोषण गरिरहेकी उनी कहिलेकाहीँ राति सुत्न पनि पाउँदिनन्।

‘यसले चिसोभरि सुत्नै दिएन, काखे बानी परेको छ’, उनले भनिन्, ‘बिहान ५ बजे मात्रै एकछिन सुत्छु।’

यसैबिच कलाकार, कार्यक्रम प्रस्तोता तथा पछिल्लो समय सामाजिक काम गरेर सबैको मनको ढुकढुकी बनेका शिशिर भण्डारीले डस्टबिनमा भेटिएका बाबुको जिम्मा लिएका छन् ।

भविष्यलाई काखमा लिदै मायाले चुम्बन गर्दै भावुक बनेर शिशिर भण्डारीले यस्तो गरे ।

भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...