क्यान्सरको बिरामीलाई टिबी र निमोनियाको औषधि



हाम्रो इकोनोमि

 

रामेछाप लिखुतामाकोसी गाउँपालिका ५ मालुखोकका दिलबहादुर खड्कालाई गएको असारमा कोखा दुख्यो।

अस्पतालमा जँचाउन जाँदा कुनैमा रोग पत्ता लागेन भने कसैले निमोनिया, अनि कुनै अस्पतालले टिबी भएको भनेर त्यसै अनुसार औषधि पनि चलाए।

आधा दर्जन अस्पताल धाउँदा पनि दिलबहादुरको रोग बीसको उन्‍नाइस भएन।

काठमाडौं मेडिकल कलेज, अन्‍नपूर्ण, नर्भिक, मेडिकेयर तथा त्रिपुरेश्वर र बाँसबारीका दुई वटा क्लिनिकमा पनि पुगे।

खास रोग यी कुनै पनि अस्पतालले पत्ता लगाएनन्।

काठमाडौंमा रोग पत्ता लगाउन धाउँदा धाउँदै दिलबहादुरको परिवारको १० लाख रुपैयाँजति सकियो।

यति खर्च गर्दा पनि दिलबहादुर भने झनझन् साह्रो हुँदै गए। बाँसबारीको क्लिनिकले सक्नुहुन्छ भने इण्डिया लैजानुस् भन्यो।

तर दिलबहादुरका परिवारसँग खर्च थिएन। भएको खर्च र आफन्तबाट जुटाएको पनि यहीँका अस्पतालमा सकिएको थियो ।

तर २४ वर्षका दिलबहादुरको रोग पत्ता नलागेपछि उनीहरु इण्डिया जानुको विकल्प भएन।

थप ऋण खोजेर गत पुष ३ गते इण्डिया लगे र इन्द्रपत्ता एपोलो अस्पताल भर्ना गरे। गएको १८ दिनमा अपरेशन गरेर फोक्सोमा जमेको पानी निकाल्यो ।

त्यसको ५ दिनपछि रोग पत्ता लाग्यो । दिलबहादुरलाई त क्यान्सर भएको रहेछ !

नेपालका अस्पतालले भनेको टिभी र निमोनिया झुटो रहेछ। गलत औषधिका कारण दिलबहादुर थप थला परेका रहेछन्।

यो सबै इण्डियाको एपोलो अस्पतालमा पत्ता लाग्यो ।

त्यसपछि दिलबहादुरको क्यानसरको उपचार सुरु भयो। दुई वटा किमो एपोलो अस्पतालमै चलाइयो। ६ वटा किमो चलाएर हेरौं ठीक भएन भने अप्रेशन गर्नुपर्छ भनेको छ ।

दुई महिना एपोलोमा उपचार गराएर फर्किएपछि उनलाई भक्तपुरको क्यान्सर अस्पतालमा भर्ना गरियो ।

अहिले त्यही उपचारमा जान्छन्। दिलबहादुरका बुबा रामजी खड्काले भने, ‘हाम्रो देशका अस्पतालले गल्ती गर्दा छोराको यो अबस्था भयो।

यहाँ रोग पत्ता लगाउन नसक्ने भए पहिलेनै इण्डिया जानु भनेको भए मेरो खर्च पनि जोगिन्थ्यो । छोराको हालत पनि यस्तो हुँदैनथ्यो।’

रामजीसँग अब छोराको उपचार गर्न खर्च छैन। भएको खर्च काठमाडौंका विभिन्न अस्पतालमा बुझाए।

रामजीले सोधे, ‘गलत औषधि चलाउने अस्पताललाई के कारबाही हुन्छ ? मैले त बिनासितिमा ठूलो रकम बुझाएको छु।’

हिजो गलत उपचार र औषधिमा तिरेको हिसाब किताव मात्रै होइन, दिलबहादुरको अबको उपचारका लागि सकस पनि उस्तै छ रामजीलाई।

यतिबेला उनी हिजो आफ्नो छोराको गलत उपचार गर्ने अस्पताल र अब छोराको उपचारमा सहयोग खोजिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...