पाँच दिन बदली र वर्षा: मंगलबार रातिदेखि देशभर पानी पर्ने



हाम्रो इकोनोमि

 

बिभिन्न जिल्लामा आजबाट बिहीबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् ।

नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले मेघ गर्जनसहित वर्षा, बदली र हिमपातको सम्भावना रहेको मौसमविदको भनार्इ रहेको छ ।

पश्चिममा गएरातिदेखि नै बदली सुरु भएको छ । यो क्रमशः पूर्वतिर सर्दै जाने र बुधबार दिनभरी देशभर पानी पर्ने मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।

आज काठमाडौंसहित पश्चिमका अधिकांश भागमा एकछिन घाम लाग्ने र एकछिन बादल लाग्ने मौसमविद कँडेलको भनाइ छ ।

आज दिउँसोदेखि तीन दिनसम्म पश्चिम, मध्य र पूर्वी पहाडी भूभागका एक–दुई स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

बिहीबारदेखि मात्रै पश्चिमी भूभागबाट क्रमशः मौसम सफा हुँदै जाने छ । त्यस्तै उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेकाले सर्तक रहन समेत विभागले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...