राजनारायण पाठकलाई पक्राउ गर्ने यस्तो छ अख्तियारको तयारी



हाम्रो इकोनोमि

 

घुस काण्डमा मुछिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकका सम्बन्धमा केही दिनभित्र सार्थक परिणाम सार्वजनिक हुने अख्तियारले जनाएको छ।

 

आयोगका प्रमुख आयुक्त नवीनप्रसाद घिमिरेले आयुक्तको घुस प्रकरणमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिँदै केही दिनमा नै सार्थक परिणाम सार्वजनकि हुने बताए। राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रमुख आयुक्त घिमिरेले उक्त प्रकणमा थप प्रमाण समेत प्राप्त भएको खुलासा गरे।

 

घिमिरेले वरिष्ठ सहसचिवस्तरीय टोलीले तीब्रताका साथ अनुसन्धान गरिरहेको जानकारी दिए। तीन सदस्यीय उक्त अनुसन्धान टोलीले पाठकसँग जोडिएका घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको उनले बताए।

 

सांसदका प्रश्नको उत्तर दिँदै प्रमुख आयुक्त घिमिरेले भ्रष्टाचारबाट कसैले पनि उन्मुक्ति नपाउने बताए। ‘व्यक्ति, पदाधिकारी र जो कोही पनि भ्रष्टाचारबाट उन्मुक्ति पाउने छैन भन्ने कुरामा आयोग प्रतिबद्ध छ’ उनले भने।

 

उनले पाठकको नाम नलिइकनै अख्तियारमा हालसालै भएको घटनाप्रति चिन्ता र दुख प्रकट गरे। आयोगका कर्मचारी समेत निगरानीमा रहेको उनले बताए।

 

‘नेपाली समाज र राज्य प्रणालीमा द्वन्द्व छ। नीति र नियममा द्वन्द्व छ, प्रवृत्ति र पद्धतिमा छ’, उनले भने, ‘संस्थाको जीवन हुन्छ, यसभित्र पनि अरोह-अवरोध र बाधा व्यवधान र चुनौती पनि आउँछन् भन्ने कुरा बुझ्न आग्रह छ।’

 

तारागाउँ विकास समितिको जग्गाको विवाद पनि विस्तृत अनुसन्धानमा गएको उनले बताए। तीन सदस्यीय समितिले तारागाउँको अनुसन्धान गरिहेको उनले बताए।

 

अख्तियारमा आउने उजुरीमा छानबिन तथा अनुसन्धानका लागि द्रुत कारवाही समूह बनाइएको उनले जानकारी दिए। सेवाग्रहीकै रुपमा प्रस्तुत भएर जनताको सरोकारका कार्यालयमा अख्तियार पुग्ने उनले बताए।

 

‘अहिले हामीले स्टिङ अपरेसन गरिरहेका छौं, अब सेवाग्राहीकै रुपमा हामी ती कार्यालयमा पुग्छौं’ उनले भने। समूह बनाउने काम भइरहेको उनले जानकारी दिए। शिक्षा क्षेत्रसँग सम्बन्धी उजुरी धेरै आउने गरेको भए पनि पछिल्लो समय स्थानीय तहका उजुरी धेरै आएको प्रमुख आयुक्त घिमिरेले बताए।

 

आयोगका आयुक्त डा. गणेशराज जोशीले अहिले एकतिहाई सेवाग्राहीले विचौलिया मार्फत काम गर्ने गरेको गुनासो आउने गरेको बताए। आयोगको दिएका सुझाव सरकारले कार्यान्वयन नगरेकोमा उनले दुख व्यक्त गरे।

‘सुझावको कार्यान्वयन निराशाजन छ, सरकारले त्यसमा ध्यान दिनु पर्‍यो’, उनले भने। आयोगका सचिव महेश्वर न्यौपानेले आयोगको गतिविधिको बारेमा संसदीय समितिलाई जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...