चितामा आगो दन्किरह्यो, आँसुहरु बगिरहे (फाेटाे फिचर)



हाम्रो इकोनोमि

 

 

प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको शनिबार अन्त्यष्टि गरिएको छ । पश्चिम दाङको दंगीशरण–६ वागर खोलाको चिराघाटमा ओलीको अन्त्येष्टि गरिएको हो ।

छोटो समयमै राजनीतिक उचाइ चुमेका ओलीप्रति अन्तिम श्रद्धाञ्जली दिन जिल्लाका विभिन्न स्थानबाट हजारौंको सहभागिता रहेको थियो । आफ्नो अभिभावक गुमाएको शोकमा डुबेका पश्चिम दाङबासीहरुले बलिन्द्र धारा आँशु बगाउँदै ओलीप्रति श्रद्धाञ्जली दिएका थिए ।


गएको निर्वाचनमा यही गीत घन्काउँदै चुनावी मोर्चामा खटिएका हजारौं कार्यकर्ता र शुभचिन्तकहरु रुँदैरुँदै घर फर्किएका छन् ।

चितामा आगो बलिरहँदा शुभचिन्तकहरुका आँशु बर्सिरहेका थिए । लामो समयपछि जनताहरुको पीरमर्का बुझ्ने नेता पाएको भन्दै दैवले आफ्नो अभिभावकलाई टपक्कै टिपेर लगेको भन्दै पश्चिम दाङबासीहरु भक्कानिदै रोएको दृश्य अत्यन्तै कारुणिक देखिन्थ्यो ।

प्रदेश ५ सरकारको तर्फबाट शोक सलामी प्रदान गरिएसँगै ओलीको पार्थिव शरिर उहाँकी जीवन संगीनी विमलाकुमारी ओली, छोराहरु प्रणव, प्रतिकले दागवत्ती दिएका छन् । ओलीप्रति अन्तिम श्रद्धाञ्जली दिन प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल, सभामुख पूर्णबहादुर घर्ती, कानुनमन्त्री कुलप्रसाद केसी, प्रतिनिधि सभाका सदस्य शान्ता चौधरी, सुजिता शाक्य, हिराचन्द्र केसीलगायतको उपस्थित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...